कपडा सिलाउने बालीघरे प्रथादेखि पहिलो दलित महिला सिडिओसम्मको यात्रा

प्रेम सुनार, गुल्मी: नेपालकै पहिलो दलित महिला प्रमुख जिल्ला अधिकारी (सिडिओ) बन्ने ईतिहास रचेकी कास्कीकी सीता परियार यतिबेला विकट र हिमाली जिल्ला हुम्लामा कार्यरत छन्। कास्कीको रुपा गाउँपालिका-६ को विपन्न दलित परिवारमा जन्मिएकी परियार आफु कपडा सिलाउने बालीघरे प्रथादेखि सिडियो सम्मको यात्रा सम्म आईपुगेको बताउँछिन्।

नारी दिवसको अवसरमा नेपालको पहिलो दलित महिला प्रमख जिल्ला अधिकारीको ईतिहास रच्न सफल उनै सिता परियारसंंग कुराकानी गर्ने क्रममा उनले आफू अत्यन्तै निम्न परिवारबाट संघर्ष गरेर पढ्दै यहाँसम्म आई पुगेको बताएकी हुन्।

यहाँसम्म आई पुग्न उनले आफ्नो समुदायिको परम्परागत कपडा सिलाउने पेशालाई अंगालेको बताईन् । उनले भनिन–‘मेरो प्रारिम्भक शिक्षा गाउँकै चन्द्रप्रभा माविमा भएको हो र त्यही बाट मैले यसएलसी पास गरेकी हुँ । स्कूल सकेपछि मैले कपडा सिलाउने काम गर्न थालें। उच्च शिक्षाका लागि पृथ्वीनारायण क्याम्पस पोखरामा भर्ना भएँ , मेजर म्याथ बिषय लिएर आईएमा । आईए पढ्दै गरेको पहिलो वर्षमै मेरो सानैमा विवाह भयो रुपा गाउँपालिका-१ मा । विवाहको दोश्रो वर्ष मेरो जेठो छोरा जन्मियो।

पोखरामै मैले विहानमा क्याम्स पढ्ने दिउँसो कपडा सिलाउन थालें । छोरालाई बोराको झोलुङ्गे बनाएर कपडा सिलाउँथे । ’ उनले त्यस पछि काठमाण्डौंको पद्यमा कुमारी क्याम्पसमा बढेर ब्याचलर गरेको बताईन । तत्तपश्चात त्रिचन्द्र क्याम्पसबाट समाज शास्त्रमा मास्टर डिग्री गरेकी उनले पुनः कपडा सिलाउने काम नै करिव १० बर्ष सम्म गरेको सुनाईन। त्यस पछि केयर नेपाल नामक एनजिओमा उनले करिब ७ महिना काम गरिन् । उनले पुनः कपडा सिलाउने काम नै गरिन्।

त्यही क्रममा उनले नेपाल राष्ट्रिय दलित कल्याण समाज बाँकेमा ४ बर्षसम्म काम गरिन् । त्यहाँबाट राजिनामा दिई २०६७ सालमा लोक सेवाको परिक्षा दिईन र २०७८ साल भदौं २८ गते शाखा अधिकृतमा नाम निकालिन् । उनको पहिलो सरकारी कार्यालय नेपाल ट्रस्ट बन्यो।

तीन महिना जति त्यहाँ काम गरेपछि उनी राष्ट्रिय योजना आयोगमा केहि महिना काम गरिन्। उनले उपसचिवमा खुल्ला तर्फ परिक्षा नाम निकालेर सार्वाजानिक संस्था निर्देशनालय बोर्डमा काम गरिन।

त्यस पछि तत्कालिन स्थानीय विकास मन्त्रालयमा सूचना अधिकारीको जिम्मेवारी समेत सम्हालिन् । त्यहाँबाट दोलखा र भोजपुुरको तत्कालिन जिल्ला विकास समितिमा स्थानीय विकास अधिकारि भइन् । पछि काठमाण्डौंको चन्द्रगिरी नगरपालिका, किर्तिपुर र जनकपुर उपमहानर पालिकाको समेत प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेकी उनि भक्तपुर जिल्लाको सहयाक प्रमुख जिल्ला अधिकारिको जिम्मेवारी सम्हाल्न पुगिन्।

संयोगःः यस्तो भई दियो कि उनी सहायक प्रमुख जिल्ला अधिकारी र अर्की महिला रुद्रादेवी शर्मा प्रमुख जिल्ला अधिकारी। त्यहाँबाट यहि फागुन १२ गते देखि उनले हुम्लाको प्रमुख जिल्ला अधिकारिको जिम्मेवारी सम्हालेकी हुन्। अहिले यसरी नेपालकै पहिलो दलित महिला सिडियो हुने ईतिहास रचुला भन्ने सोच्नु भएको थियो ? भन्ने प्रश्नमा भनिन्–‘ पढेर अगाडी बढ्नु पर्छ भन्ने त सोचेकी थिएँ तर सिडियो नै भईएला भन्ने सोचेकी थिइन।’

उनले यहाँ सम्म आई पुग्नुमा माइती तर्फका र घर तर्फका बाबु आमाको ठूलो हात रहेको बताइन्। ‘दुवै तर्फका बाबु आमा कपडा सिलाएको भरमा । त्यो पनि बालीघरे प्रथामा । धान,चामल पाएकै भरमा कपडा सिलाउने काम गर्नुहुन्थ्यो। अत्यन्तै न्यून आर्थिक अवस्था थियो । तर, उहाँहरुमा छोरी र बुहारीलाई पढाउनु पर्छ भन्ने चेतना थियो र म यहाँसम्म आई पुगेकी हुँ’ उनले भनिन्।

उनले दलित समुदायका छोरा छोरीहरुले शिक्षामा जोड दिँदै गए नसोचेकै अवसर पनि पाइने र अहिलेको राज्य व्यवस्था पनि पछाडि परेको समुदायका लागि अनुकूल रहेको धारणा राखिन्। उनले नारी दिवसका अवसरमा सारा महिलाहरुलाई शुभकामना ब्यक्त गरिन्।

salik khatry

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago