मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति

काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको मतपत्रको चिन्हहरूमा हरियो रङ राख्ने निर्वाचन आयोगको निर्णयप्रति आपत्ति जनाएका छन् ।
मंगलबार अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीलले ‘कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो रङको चिन्ह राख्न खोजेको हो भने त्यो स्वीकार्य नहुने’ समेत बताए । उनले निर्वाचन आयोगले मतपत्रका चिन्हहरूमा हरियो चिन्ह राख्नुको कारण बताउनुपर्ने भन्दै यदि यो कुरा सत्य भए निर्वाचन आयोगले त्रूटी सच्याउन आवश्यक रहेको बताए ।
अध्यक्ष ओलीले भने, ‘मलाई थाहा छैन, मैले एउटा सञ्चारमाध्यममा हेरेको थिएँ । निर्वाचन आयोगले मतपत्रका चिन्हहरुमा हरियो राख्ने भयो रे, हरियो चिन्ह किन राख्ने ? के कारणले राख्ने निर्वाचन आयोगले बताउनुपर्‍यो । हो कि होइन, मैले निर्वाचन आयोगसँग सोध्न भ्याएको छैन । म अत्यन्त व्यस्त भइरहेको छु । उहाँहरूसँग सोधौँला, बुझौँला । यदि हो भने, कुन हिसाबले राख्ने ? यो धार्मिक हिसाबले राख्ने हो ? के हिसाबले हरियो चिन्ह राख्ने ? अथवा कसैको हरियो देखिने चिन्ह छ त्यसकारण राख्ने ? केका लागि राख्ने ? सबैतिर जनताले आँखा नदेख्ने कमजोर आँखा हुनेले रुखैरुख देखोस् भनेर हरियो चिन्ह राख्ने हो ? किन हरियो राख्ने ? यदि निर्वाचन आयोगले नै त्यो गरेको हो भने निर्वाचन आयोगले नै त्यस्तो त्रूटी सच्याउनुपर्छ । हरियो-सरियो हुँदैन ।’

अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उनले यस्तो बताएका थिए । यस क्रममा अध्यक्ष ओलीले बूढेसकालमा छोरीले नै बा-आमालाई सहारा दिने भन्दै छोरीलाई अभिभावकले स्वतन्त्र चेतनाका साथ बाच्न, उचित शिक्षा दिनेतर्फ सोच्नुपर्ने बताए ।
छोरा हुँदा राम्रो हो, छोरी हुँदा नराम्रो हो भन्ने धारणा हाम्रो दिदीबहिनीहरुले पनि छोड्नुपर्छ । छोरा र छोरी उस्तै हुन् । भाग्यमानीले छोरी पाउँछ र बूढेसकालमा स्याहारसुसार पाउँछ । छोरा पाउनेलाई पनि अभागी त भन्नुभएन । तर बढ्ता भाग्यमानीले छोरी पाउँछ । यस्तै सरकारले नीति निर्माण गर्दा, हरेक तहका सरकारले यसबारे अभियानको रुपमा अगाडि बढाउनु पर्ने उनले बताए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago