दिल्लीमा नेपाली चेलीलाई सम्मान

नयाँ दिल्ली: भारतको नयाँदिल्लीस्थित दिल्ली महिला आयोगले महिला हिंसाविरुद्ध सक्रिया एक नेपाली चेलीलाई सम्मान गरेको छ । आफू स्वंय हिंसाको सिकार भएर त्यसविरुद्ध डटेर लडेकी बुटवलकी सुशीला कँडेललाई अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्मान गरिएको हो ।
महिला आयोगले ‘अन्तर्राष्ट्रिय वुमेन्स डे अवार्ड–२०२२’ बाट कँडेललाई सम्मान गरेको जनाएको छ । आयोगकी अध्यक्ष स्वाती मालिवालले उनलाई उक्त सम्मान प्रदान गरेकी थिइन् । मञ्चमा आइपुगेकी कँडेललाई अँगालो हालेर यस्तै काममा निरन्तर लाग्न हौसला दिएकी थिइन् ।

२२ वर्षीया कँडेललाई उनका पतिले नै दिल्लीमा राखेर कुटपिट र हिंसा गर्दैआएपछि उनी त्यसबाट छुटकारा पाएपछि हिंसाविरुद्ध लागेकी हुन् । उनलाई पतिबाटै यौन कार्यमा लाग्न दबाब दिइएको थियो ।

तर, त्यस कार्यलाई अस्वीकार गर्दै कंडेलले पतिविरुद्ध लडाइँ लडेकी छन् । उनी आफ्ना पतिविरुद्ध प्रमण जुटाएर नेपाल र भारत दुवै देशका अदालतमा मुद्दा लडिरहेकी छन् । उनले अनेकौं सामाजिक दबाब झेल्दै महिलाविरुद्धको हिंसामा आफूलाई उभ्याएकीले अन्तर्राष्ट्रिय मञ्चमा उनको सम्मान भएको किन इन्डियाका प्रमुख नवीन जोशीले बताए ।

महिला सशक्तिकरणको सवालमा उनले थालेको लडाइँ प्रंशसनीय रहेको उनले उल्लेख गरे । महिला हिंसा र बेचविखन विरुद्ध कार्यमा किन इन्डिय दिल्लीमा सक्रिय छ । कँडेललाई उनको मुद्दा मामिलामा यही संस्थाले साथ पनि दिएको छ ।

आफूलाई हिंसाबाट जोगाएकी कँडेल यतिबेला महिला हिंसा र वेचविखन विरुद्धको अभियानमा जुटेकी छन् । कार्यक्रममा वक्ताहरूले उनको उच्च प्रशंसा गरेका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago