बजार खुल्दा २९२१ विन्दु आसपाससम्म पुगेको नेप्से अन्तिम प्रहरमा किन घट्यो ?

काठमाडौं : बजार खुल्ने बित्तिकै बेस्सरी बढेको अन्तिम प्रहरमा भने घटेको छ । बजार बढ्न थालेपछि ट्रेडरहरुले धमाधम नाफा बुक गर्न सुरु गरेपछि नेप्सेले दबाबको सामना गर्नुपरेको हो । मंगलबार नेप्से सूचक १६.३० अंकले घटेको छ । यस गिरावटसँगै सूचक २८३५.५८ विन्दुमा अडिएको छ । ६ अर्ब २८ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेपछि सेयर बजारका लगानीकर्ता पनि उत्साहित भइरहेका छन् ।

सोही उत्साहस्वरुपः बजार खुलेपछि नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदै २९२१ विन्दु आसपाससम्म पुगेको थियो । तर, यसरी बढेको बजारमा ट्रेडरहरु हावी भएपछि पुनः सूचक दबाबमा परेको हो । तथापि, केही करेक्सनहरुका बाबजुत बजार फेरि माथि लाग्ने अपेक्षा लगानीकर्ताहरुले लिएका छन् । निर्वाचनका कारण बजारमा पैसा आउने र तरलता सहज हुने धेरैको विश्वास रहेको छ ।

विगतका प्रवृत्तिहरु अध्ययन गर्दा भने निर्वाचनमा बजार बढेको र नबढेको दुवै उदाहरण छन् । तथापि, अहिले बजार बुल रनमै रहेकाले नेप्सेले अग्रगति समाउने लगानीकर्ताहरुको भनाई रहेको छ । बजार सधैं एउटै सीधा र सरल रेखामा मात्र हिँड्दैन । तलमाथि हुँदै अघि बढ्ने यसको विशेषता हुन्छ । यो विषयलाई आम लगानीकर्ताले पनि मनन् गर्नुपर्ने हुन्छ । चुनावका कारण पनि तरलता थप सहज हुने अनुमान गर्न सकिन्छ ।

किन भने दलहरु र उम्मेदवारहरले पर्याप्त खर्च गर्ने भएकाले बजारमा तरलता वृद्धि हुनेछ । यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने विश्लेषकहरु बताउँछन् । बजार घट्दा होस् वा बढ्दा, लगानीकर्ताले कम्पनीहरुले सार्वजनिक गरेका वित्तीय विवरणहरु, सम्बद्ध कम्पनीको व्यवस्थापन र सञ्चालकहरुका बारेमा पनि अध्ययन गर्नुपर्छ ।

यस्तै, सम्बद्ध क्षेत्रमा व्यवसायको अवसर र प्रतिस्पर्धा, कम्पनीहरुको चुक्ता पुँजी कति छ ? नियमनको अवस्था कस्तो छ ? भन्ने विषयतर्फ पनि अध्ययन गर्न अनुभवीहरुले सुझाव दिने गरेका छन् । लगानीकर्ताले कुन उद्देश्यले सेयर किन्ने हो ? आफू इन्भेष्टर र कि ट्रेडर भन्नेसमेत ध्यान दिंदै सोही अनुसार रणनीतिहरु तय गर्नुपर्ने हुन्छ । सबल वित्तीय सूचक भएका कम्पनीहरुमा सकेसम्म दीर्घकालीन हिसाबले लगानी गर्न सके लाभ लिन सकिने अनुभवीहरु बताउँछन् ।

यसैगरी, लगानी गरिने क्षेत्र तथा समूहहरुको तुलनात्मक अध्ययन, इन्डस्ट्री ग्रोथ रेट लगायतका सूचकहरुमा पनि लगानीकर्ताले अध्ययन गर्नुपर्ने हुन्छ । ब्लुचीप कम्पनी छान्ने कि ग्रोथ ओरियन्टेड कम्पनी छनोट गर्ने भन्नेमा पनि योजना बनाउन विश्लेषकहरुले सुझाव दिने गरेका छन् ।

यसैगरी, उक्त कम्पनीको करिब ५ वा त्यो सम्भव नभए ३ वर्षको वित्तीय विवरण, नाफा, रिजर्भ, खुद ब्याज आम्दानी, वितरणयोग्य नाफा, इपीएस, पीइ रेसियो, नेटवर्थ लगायतका महत्वपूर्ण सूचकहरु पनि ख्याल गर्न सके लगानीसम्बन्धी निर्णय लिन सजिलो हुनेछ ।

यस दिन ३५ करोड ८५ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा अरुण भ्याली हाइड्रोपावर अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अपि पावर र निफ्रा परेका छन् । २३० कम्पनीको १ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १३ मध्ये ५ समूहका सूचक हरिया बनेका छन् ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago