काठमाडौं: बीमा समितिले आज २० निर्जीवन बीमा कम्पनीहरुको ६ महिनाको वित्तीय विवरण प्रकाशन गरेको छ । समितिका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा निर्जीवन बीमा कम्पनीहरुले १९ अर्ब ९ करोड ७१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले पुस महिनामा मात्रै ३ अर्ब ६७ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको बीमा समितिले जनाएको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४३ करोड ८१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७२ करोड ९६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ५८ करोड ३८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स कम्पनीले १ अर्ब ३२ करोड ३४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब २० करोड ४ लाख,प्रिमियर इन्स्योरेन्स कम्पनीले १ अर्ब १० करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
त्यसैगरी यूनाइटेड इन्स्योरेन्स कम्पनीले ८८ करोड २१ लाख रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले ८४ करोड ६७ लाख रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले ८२ करोड ४७ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्स कम्पनीले ८२ करोड ५ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्स कम्पनीले ७९ करोड ७९ लाख रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले ७९ करोड २१ लाख रुपैयाँ,लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ७७ करोड ७२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।
समितिको तथ्याङक अनुसार ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ६९ करोड १२ लाख रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ६७ करोड ९ लाख रुपैयाँ, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६१ करोड ६५ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले ५९ करोड १५ लाख, नेशनल इन्स्योरेन्स कम्पनीले ४७ करोड ७८ लाख रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ४६ करोड ५५ लाख रुपैयाँ र सानिमा इन्स्योरेन्स कम्पनीले ४६ करोड ११ लाख रुपैयाँ कुल बीमा शुलक आर्जन गरेका छन् ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…