दिल्ली: बलिउड कलाकारहरु आफ्नो नयाँ चलचित्रको प्रमोसनका लागि कमेडियन कपिल शर्माको चर्चित शो ‘द कपिल शर्मा शो’मा पुग्ने गर्छन् । अभिनेता अक्षय कुमारका लागि त यो शो अझ विशेष छ । किनकि, अक्षयका वर्षमा ६ वटासम्म चलचित्र रिलिज हुने गरेका छन् । अक्षय हरेकपटक चलचित्र प्रचारका लागि कपिलको शोमा पुग्छन् ।
तर, यसपटक भने अभिनेता अक्षय कुमार कपिलको शोमा आफ्नो नयाँ चलचित्र ‘बच्चन पाण्डे’को प्रमोसनका लागि जान मानेनन् । यसको पछाडि कपिलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक उडाउनु रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मिडिया रिपोर्टअनुसार अक्षय यसअघि चलचित्र ‘अतरंगी रे’को प्रमोसनका लागि कपिलको शोमा पुगेका थिए । त्यसबेला कपिलले अक्षयले नरेन्द्र मोदीसँग गरेको अन्तर्वार्ताको एक अंशलाई लिएर मजाक बनाएका थिए । उनले भनेका थिए, ‘आफ्नो अन्तर्वार्तामा चर्चित व्यक्तिसँग तपाईंलाई आँप खान किन मन लाग्छ भनेर कसैले सोध्छ ?’
सन् २०१९ मा भारतमा भएको लोकसभा चुनावमा अक्षयले नरेन्द्र मोदीसँग एक अन्तर्वार्ता गरेका थिए । जसमा उनले मोदीसँग आँपको विषयमा प्रश्न सोधेका थिए । शोमा कपिलले गरेको मजाक अक्षयले मन पराएका थिएनन् । सामाजिक सञ्जालमा कपिलले मजाकलाई लिएर धेरैले अक्षयको आलोचना पनि गरेका थिए ।
अक्षयले प्रधानमन्त्रीको विषयमा गरिएको मजाक हटाउन शोको टिमसँग आग्रह गरेका थिए । शो कुरा ‘द कपिल शर्मा शो’को टिमले स्वीकार पनि गरेको थियो । तर, पछि उक्त दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । अक्षय यहींबाट कपिलसँग असन्तुष्ट थिए । यसैले उनले चलचित्रको प्रमोसनका लागि कपिलको शोमा नजाने निर्णय गरेका हुन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…