अक्षय कुमार किन गएनन् कपिलको शोमा

दिल्ली: बलिउड कलाकारहरु आफ्नो नयाँ चलचित्रको प्रमोसनका लागि कमेडियन कपिल शर्माको चर्चित शो ‘द कपिल शर्मा शो’मा पुग्ने गर्छन् । अभिनेता अक्षय कुमारका लागि त यो शो अझ विशेष छ । किनकि, अक्षयका वर्षमा ६ वटासम्म चलचित्र रिलिज हुने गरेका छन् । अक्षय हरेकपटक चलचित्र प्रचारका लागि कपिलको शोमा पुग्छन् ।

तर, यसपटक भने अभिनेता अक्षय कुमार कपिलको शोमा आफ्नो नयाँ चलचित्र ‘बच्चन पाण्डे’को प्रमोसनका लागि जान मानेनन् । यसको पछाडि कपिलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मजाक उडाउनु रहेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मिडिया रिपोर्टअनुसार अक्षय यसअघि चलचित्र ‘अतरंगी रे’को प्रमोसनका लागि कपिलको शोमा पुगेका थिए । त्यसबेला कपिलले अक्षयले नरेन्द्र मोदीसँग गरेको अन्तर्वार्ताको एक अंशलाई लिएर मजाक बनाएका थिए । उनले भनेका थिए, ‘आफ्नो अन्तर्वार्तामा चर्चित व्यक्तिसँग तपाईंलाई आँप खान किन मन लाग्छ भनेर कसैले सोध्छ ?’

सन् २०१९ मा भारतमा भएको लोकसभा चुनावमा अक्षयले नरेन्द्र मोदीसँग एक अन्तर्वार्ता गरेका थिए । जसमा उनले मोदीसँग आँपको विषयमा प्रश्न सोधेका थिए । शोमा कपिलले गरेको मजाक अक्षयले मन पराएका थिएनन् । सामाजिक सञ्जालमा कपिलले मजाकलाई लिएर धेरैले अक्षयको आलोचना पनि गरेका थिए ।

अक्षयले प्रधानमन्त्रीको विषयमा गरिएको मजाक हटाउन शोको टिमसँग आग्रह गरेका थिए । शो कुरा ‘द कपिल शर्मा शो’को टिमले स्वीकार पनि गरेको थियो । तर, पछि उक्त दृश्य सामाजिक सञ्जालमा पोस्ट गरिएको थियो । अक्षय यहींबाट कपिलसँग असन्तुष्ट थिए । यसैले उनले चलचित्रको प्रमोसनका लागि कपिलको शोमा नजाने निर्णय गरेका हुन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago