पकाउनै नहुने ५ कुराहरु तर हामीले पकाएर खाँदा रहेछौँ र बिरामी हुँदा रहेछौँ

काठमाडौं: खानेकुरा हामी किन खान्छौ ? सामान्यत यसको जबाफ हो, भोक मेट्न । खानाको सम्बन्ध भोकसँग मात्र छैन । खाना त्यस्तो स्रोत हो, जसबाट शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । हाम्रो शरीरलाई प्रोटिन, क्याल्सियम, कार्बोहाइडेट, फाइबर आदि आवश्यक हुन्छ । यी सबैको स्रोत खाना नै हो । त्यसैले खाना खानु भनेको पेट भर्नु मात्र होइन, शरीरका लागि आवश्यक पौष्टिक तत्व परिपूर्ति गर्नु पनि हो ।

खान नजानेर रोगी – भन्ने गरिन्छ, जति मान्छे खान नपाएर मर्छन्, त्यो भन्दा बढी खान नजानेर । अर्थात खानेकुरा पौष्टिक तत्वको स्रोत त हो, तर त्यसलाई सन्तुलित ढंगले सेवन गर्नुपर्छ । स्वस्थ्य ढंगले सेवन गर्नुपर्छ । खानेकुरा कसरी, कहिले, कति खाने भन्ने कुराको ज्ञान हुनुपर्छ । खानेकुरा पाउनसाथ हामी जथाभावी खाइदिन्छौ । त्यसले पाचन प्रक्रियामा असर गर्छ । कतिपय खानेकुरा शरीरका लागि हानिकारक हुन्छ । कति खानेकुरा आफैमा राम्रो हुन्छ । तर, त्यसलाई अर्को खानेकुरासँग मिश्रण गर्दा त्यो बिषालु बन्छ । यस्ता खानेकुरा र खाने शैलीले हामीलाई रोगी बनाउन सक्छ ।

स्वस्थ्य, सन्तुलित र सुपाच्य – खानेकुरा सन्तुलित हुनुपर्छ । स्वस्थ्य हुनुपर्छ । सुपाच्य हुनुपर्छ । दिनभर सेवन गरिने भोजनमा ति सबै तत्व हुनु आवश्यक छ, जो हाम्रो शरीरलाई चाहिन्छ । यदि त्यसको परिपूर्ति भएन भने हाम्रो प्रतिरक्षा क्षमता कमजोर हुन्छ । प्रतिरक्षा क्षमता कमजोर भयो भने शरीरमा रोगले प्रवेश गर्छ । त्यसैले कमजोरी, रोग आदिसँग जुध्नपनि खाना खानुपर्छ । तर, त्यो स्वस्थ्य, सन्तुलित र सुपाच्य हुनुपर्छ ।

काँचो खानु फाइदाजक – कति फल वा सब्जी हामी पकाएर, भुटेर, उसिनेर खान्छौ । यसरी खाँदा फरक स्वाद त पाउन सकिएला तर, त्यसमा रहेको पौष्टिक तत्व भने पाइदैन । सब्जी, फल आदिलाई स्टिम गर्दा, प|mाइ गर्दा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुन्छ । त्यसैले यस्ता खानेकुरा सलादको रुपमा काँचै खानु राम्रो हो । तर, सबै खानेकुराको प्रकृति एकै हुँदैन । कतिपयलाई पकाएर पनि खानुपर्ने हुन्छ । यहाँ काँचो खानुपर्ने फल तथा सब्जीबारे जानकारी दिइएको छ । नरिवलः काँचो नरिवलले शरीरलाई हाइड्रेट राख्न सहयोग गर्छ । यसमा केहि किसिमको हेल्दी फ्याट रहेको हुन्छ । सुख्खा नरिवलमा यस्तो गुण पाइदैन ।

भेंडे खुर्सानी – भेंडे खुर्सानी भिटामिन सिको एकदमै राम्रो स्रोत हो । अमेरिकाको नेशनल इन्स्िटच्युट अफ हेल्थका अनुसार भेंडे खुर्सानीलाई तीन सय ७५ डिग्रीमाथि पकाउँदा यसमा रहेको सबै न्यूटि्रएन्ट्स नष्ट हुन्छ । ब्रोकाउली – ब्रोकाउली भिटामिन सि र क्याल्सियमको राम्रो स्रोत हो । यसमा एक प्रकारको सल्फोराफेन पाइन्छ, जसले रक्तचाप कम गर्छ । साथै मुटुको रोग कम गर्छ । तर, जब यसलाई उसिन्छ वा पकाइन्छ, तब त्यसमा रहेको सल्फोराफेन ७० प्रतिशत कम हुन्छ ।

स्याउ – स्याउ सदाबहार फल हो । सर्बगुणी पनि । यो जुनसुकै अवस्थामा खान मिल्छ । यसमा न्यूटि्रएन्ट्स र मिनरल्स हुन्छ । तर जब स्याउलाई सुखाएर खाइन्छ, त्यो सबै नष्ट हुन्छ । कतिले बच्चा वा बिरामीलाई स्याउ उसिनेर खान दिन्छन्, यसो गर्दा स्याउको क्यालोरी र कार्बोहाइड्रेट बढ्छ । यसले सुगर लेभल बढाउने काम गर्छ ।

अंकुरित गेडागुडी – अंकुरित गेडागुडी स्वास्थ्यका लागि एकदमै लाभदायक मानिन्छ । यसमा भिटामिन सि, फाइबर, कपर, म्याग्निशियम पाइन्छ । तर, जब अंकुरित गेडागुडी उसिनेर वा पकाएर खाइन्छ यसको पौष्टिक तत्व नष्ट हुन्छ, खासगरी भिटामिन सि । ड्राई फ्रुट्स – कतिले स्वादका लागि ड्राई फ्रुट्सलाई भुटेर वा तारेर खाने गर्छन् । यसले गर्दा त्यहाँ रहेको आइरन, म्याग्नेसियम, फस्फोरस नष्ट हुन्छ ।

Kamal Panthi

Recent Posts

हार्दिक आईभिएफले प्राप्त गर्‍यो ISO प्रमाणपत्र : अब नेपालमै विश्वस्तरीय फर्टिलिटी सेवा

काठमाडौं – नेपालको अग्रणी फर्टिलिटी केन्द्र हार्दिक आईभिएफले ISO 9001:2015 प्रमाणपत्र प्राप्त गर्दै आफ्नो सेवा…

55 years ago

बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना…

55 years ago

टोकियो विश्वविद्यालयले सन् २०२७ देखि नयाँ विभाग सुरु गर्दै, जसअन्तर्गत सबै कक्षाहरू अङ्ग्रेजी भाषामा संचालन गरिनेछ

काठमाडौँ, टोकियो विश्वविद्यालयले सन् २०२७ को सेप्टेम्बरदेखि एक विशेष पाँच वर्षीय संयोजन स्नातक र स्नातकोत्तर…

55 years ago

झापा बिर्तामोडका डा. सुमन खरेल प्रगतिशील प्राध्यापक संगठनको महासचिव पदका उम्मेदवार

बिर्तामोड — नेपाल प्रगतिशील प्राध्यापक संगठनको आसन्न ११औँ केन्द्रीय अधिवेशनका लागि झापा, बिर्तामोडका डा. सुमन…

55 years ago

रवि लामिछाने पक्राउ

काठमाडौं –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर, बुटवल इजलासको…

55 years ago

आन्तरिक र बाह्य दबाबमा महानगर प्रमुख बालेन्द्र साह

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँग आन्तरिक र बाह्य शक्तिहरू असन्तुष्ट बन्दै गएका…

55 years ago