काठमाडौं: ङादी ग्रुप पावरले आर्थिक वर्ष २०७८–७९ को दोश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । यस त्रैमासमा ३ करोड ७४ लाख खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोही अवदीमा २ करोड ८८ लाख कमाएको थियो । तुलनाको अवधिमा नाफा २९.५२ प्रतिशत बढेको छ ।
यस अवधिमा विद्युत विक्री आय ७ करोड ५६ लाख रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ करोड ८७ लाख रहेको थियो । यस अवधिमा प्रशासनिक खर्च ७३ लाख ३७ हजार र व्याज खर्च ३ करोड ४ लाख रहेको छ । त्यसैगरी रोयल्टी बापत२० लाख १२ हजार प्रोजेक्ट बापत ६४ लाख ५८ हजार खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ७० करोड ६९ लाख रहेको छ भने सेयरधनीकोषमा ४ करोड ४७ लाख रहेको छ ।
कम्पनीको प्रति सेयर आम्दानी रु १०.५८ र नेटवर्थ रु १०६.३३ रहेको छ । त्यसैगरी मुल्य आम्दानी अनुपात ७२.२८ गुणा रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…