कसको के बिगारेको थिए र, मेरो हुँदाहुँदै पनि मेरो श्रीमान् मेरो हुन सकेनन्!

काठमाडौं: श्रीमान् बेपत्ता भएको दुई दिन भएको थियो। तेस्रो दिन एकाबिहानै फोन आयो- ‘हजुरको श्रीमानको लास भेटिएको छ, सनाखतको लागि आउनु होला।’ एक्कासी आफूमाथि बज्रपात खसे झैं लाग्यो। म एक्कासी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ। बस् मौन रहेँ एकछिन, आफूलाई सम्हाल्न खोजेँ।

एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो। छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अस्पताल तिर लागेँ। श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ। सबैतिर रुवाबासी चल्यो। व्यक्तिपिच्छे अड्कल काट्न थालियो। ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो…।’

उत्तर दिने न सामर्थ्य थियो न त समय नै। आज खै किन हो विगतका पलको सम्झना आँखामा झल्झली आयो। म करिब १५ वर्षको थिएँ होला, मेरो बिहे हुने बेलामा। आफूभन्दा १० वर्ष जेठा श्रीमान पाएकी थिएँ।

बिहेसँगै नयाँ ठाउँ र नयाँ सम्बन्ध जोडिए- बुहारी, जेठानी, देउरानी, भाउजू, माइजू र नयाँ जिम्मेवारी पनि। तर सबैभन्दा प्यारो लाग्ने नाता थियो श्रीमती। सानो छँदा बाबुआमाको सम्बन्ध देखेर मपनि कल्पना गर्थें श्रीमानको, श्रीमानसँगको त्यो प्यारो नाताको सधैँ रहर थियो मनमा।

त्यतिबेला मेरा श्रीमान् भनेर भन्न पाउँदा साह्रै खुसी लाग्दथ्यो। एक किसिमको उमंग थियो ममा। समय बित्दै गयो अनि विस्तारै मेरो उमंग र कल्पनाको संसार धमिलिँदै गयो। जुन श्रीमानलाई मैले श्रीमान भन्न पाउँदा उमंग र खुसी थियो, ती श्रीमान् त कहिले पनि मेरा हैन रहेछन्। मबाहेक अरुसँगै उहाँको गहिरो नाता रहेछ भन्ने कुरा थाहा पाउँदा मन कटक्क खायो। सोच्दथेँ मैले कसको के बिगारेको थिए र, मेरो हुँदाहुँदै पनि मेरो श्रीमान् मेरो हुन सकेनन्!

कहिलेकाहीँ त्यही सम्झिएर भक्कानिएर अविरल आँसु बगाउँदथेँ। साह्रै नराम्रो लाग्थ्यो। एकदिन त लाग्यो कि मैले यो जबरजस्तीको सम्बन्ध आखिर कहिलेसम्म कायम गर्ने? घरमा बुबा-आमालाई कुरा राख्दा, उत्तरमा एउटै कुरा आयो- ‘बच्चा भएपछि सबै कुरा ठिक हुन्छ।’ हुन्छ होला जस्तो पनि लाग्यो।

आमाको सुझाव गलत होला भनेर कुनै प्रश्न जागेन मनमा। एक वर्षभित्र म एउटी छोरीकी आमा भएँ तर समय बित्दै गएपनि श्रीमान-श्रीमतीको सम्बन्धमा कुनै फरक आएन। फेरि केही समयपछि दोस्रोपल्ट आमा बनेँ, एउटा छोरोकी आमा। मलाई यी दुई बच्चामा संसार छ जस्तो लाग्न थाल्यो। श्रीमतीभन्दा प्यारो आमाको नाता हुने रहेछ भनेर लाग्न थाल्यो। म सन्तानहरुसँग नजिक हुँदै थिएँ अनि उहाँ टाढा।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago