अस्वीकार गर्न सकिनँ , कार्यकाल भरी सबै कुरामा छुटदिनु पर्छ – नवनियुक्त महानिर्देशक प्रदीप अधिकारी

काठमाडौँ: नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले सामाजिक सञ्जालमा गलाले थेग्न नसक्ने ४५ किलोग्रामको सयपत्री मालासहितको तस्बिरबारे भइरहेको चर्चाको जवाफ कामबाट देखाउने बताएका छन् ।

कान्तिपुरसँगको कुराकानीमा उनले त्यो माला आफूलाई प्राधिकरणका कर्मचारीले लगाइदिएको बताउँदै सामाजिक संजालको टिकाटिप्पणीले आफूलाई संवेदनशील पनि बनाएको बताए ।
उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि महानिर्देशक तोकेको थियो । मन्त्रिपरिषद्को निर्णयको ४ दिनपछि बिहीबार पत्र पाएलगत्तै घर पुगेर कार्यालयमा पदभार ग्रहण गर्न जाँदासम्म त्यो माला नदेखेको उनले बताए ।

‘बिहीबार १ बजे महानिर्देशकको पत्र बुझेपछि दौरा-सुरुवाल लगाउन घर गए । फर्केर कार्यालय आउँदा त्यो माला देखेको थिइनँ । पछि कर्मचारी साथीहरूले बिहानैदेखि माला ल्याएर राखेको बताउँदै पहिरन अनुरोध गरेपछि नकार्न सकिनँ ।’

प्राधिकरणका एक उपमहानिर्देशकका अनुसार अधिकारीलाई माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्रवणकुमार यादवले १० किलोग्राम, मधेस तराई कर्मचारी युनियनका अध्यक्ष अनिलकुमार गुप्ताले १५ किलोग्राम र इलेक्ट्रोमेकानिकल इन्जिनियर एसोसिएसनका अध्यक्ष सञ्जय चौधरीले २० किलोग्रामको माला लगाइदिएका थिए ।

४२ वर्षको उमेरमै महानिर्देशकको नियुक्ति लिएका अधिकारीले यस विषयले अहिले आफूलाई संवेदनशील बनाएको बताउँदै भविष्यमा काम गरेर मालाको जवाफ दिने बताए । ‘मैले माला नकार्न सकिनँ । गर्नु हुँदैन भनेको थिए । अस्वीकार गर्न सकिनँ । यो विषयले मलाई संवेदनशील बनायो । यसको जवाफ कामले दिने छु ।’

१४ वर्षअघि सातौं तहको अधिकृतमा प्राधिकरणमा प्रवेश गरेका चितवनका अधिकारी सिभिल इन्जिनियर हुन् । सिभिलबाट महानिर्देशक हुने उनी तेस्रो व्यक्ति हुन् । प्राधिकरणमा एयर ट्राफिक कन्ट्रोलर, इन्जिनियर, आइटी, रेडियो, फायरलगायत सेवा समूह छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago