अस्वीकार गर्न सकिनँ , कार्यकाल भरी सबै कुरामा छुटदिनु पर्छ – नवनियुक्त महानिर्देशक प्रदीप अधिकारी

काठमाडौँ: नागरिक उड्डयन प्राधिकरणका नवनियुक्त महानिर्देशक प्रदीप अधिकारीले सामाजिक सञ्जालमा गलाले थेग्न नसक्ने ४५ किलोग्रामको सयपत्री मालासहितको तस्बिरबारे भइरहेको चर्चाको जवाफ कामबाट देखाउने बताएका छन् ।

कान्तिपुरसँगको कुराकानीमा उनले त्यो माला आफूलाई प्राधिकरणका कर्मचारीले लगाइदिएको बताउँदै सामाजिक संजालको टिकाटिप्पणीले आफूलाई संवेदनशील पनि बनाएको बताए ।
उनलाई सोमबारको मन्त्रिपरिषद् बैठकले चार वर्षका लागि महानिर्देशक तोकेको थियो । मन्त्रिपरिषद्को निर्णयको ४ दिनपछि बिहीबार पत्र पाएलगत्तै घर पुगेर कार्यालयमा पदभार ग्रहण गर्न जाँदासम्म त्यो माला नदेखेको उनले बताए ।

‘बिहीबार १ बजे महानिर्देशकको पत्र बुझेपछि दौरा-सुरुवाल लगाउन घर गए । फर्केर कार्यालय आउँदा त्यो माला देखेको थिइनँ । पछि कर्मचारी साथीहरूले बिहानैदेखि माला ल्याएर राखेको बताउँदै पहिरन अनुरोध गरेपछि नकार्न सकिनँ ।’

प्राधिकरणका एक उपमहानिर्देशकका अनुसार अधिकारीलाई माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष श्रवणकुमार यादवले १० किलोग्राम, मधेस तराई कर्मचारी युनियनका अध्यक्ष अनिलकुमार गुप्ताले १५ किलोग्राम र इलेक्ट्रोमेकानिकल इन्जिनियर एसोसिएसनका अध्यक्ष सञ्जय चौधरीले २० किलोग्रामको माला लगाइदिएका थिए ।

४२ वर्षको उमेरमै महानिर्देशकको नियुक्ति लिएका अधिकारीले यस विषयले अहिले आफूलाई संवेदनशील बनाएको बताउँदै भविष्यमा काम गरेर मालाको जवाफ दिने बताए । ‘मैले माला नकार्न सकिनँ । गर्नु हुँदैन भनेको थिए । अस्वीकार गर्न सकिनँ । यो विषयले मलाई संवेदनशील बनायो । यसको जवाफ कामले दिने छु ।’

१४ वर्षअघि सातौं तहको अधिकृतमा प्राधिकरणमा प्रवेश गरेका चितवनका अधिकारी सिभिल इन्जिनियर हुन् । सिभिलबाट महानिर्देशक हुने उनी तेस्रो व्यक्ति हुन् । प्राधिकरणमा एयर ट्राफिक कन्ट्रोलर, इन्जिनियर, आइटी, रेडियो, फायरलगायत सेवा समूह छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago