खोपको पूर्ण मात्रा लगाएका सबैलाई फेब्रुअरी २१ देखि अस्ट्रेलिया प्रवेश खुला

अस्ट्रेलिया: अस्ट्रेलियाले करिब दुई वर्षपछि पर्यटक र अन्य भिसावाहकका लागि सीमा खुला गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री स्कट मरिसनले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि फेब्रुअरी २१ देखि आफ्नो देशमा प्रवेश दिइने बताएका हुन् । ‘यदि, तपाईंले खोपको दुवै मात्रा लगाइसक्नुभएको छ भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं,’ मरिसनले भने ।

कोभिड–१९ को संक्रमण फैलिएसँगै अस्ट्रेलियाले लामो समयदेखि विदेश नागरिकलाई प्रवेश निषेध गर्दै आएको थियो । त्यसका साथै उसले कडा प्रतिबन्धात्मक नियमहरू लागू गर्दै आएको थियो । सरकारको पछिल्लो निर्णयलाई शिक्षालगायत विभिन्न क्षेत्रले स्वागत गरेका छन् ।

‘करिब दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो,’ राष्ट्रिय सुरक्षासम्बन्धी बैठकपछि प्रधानमन्त्री मरिसनले भने । उनले सबै प्रकारका भिसा पाएकालाई अस्ट्रेलिया आउन दिने निर्णय भएको जनाएका हुन् ।

अस्ट्ेरलियाले कोभिड–१९ को महामारी फैलन रोक्न भन्दै सन् २०२० को मार्चदेखि विदेशी पर्यटकलाई प्रवेश रोकेको थियो । पछिल्लो समय अत्यावश्यक क्षेत्रमा समेत कामदार अभाव भएपछि अस्ट्रेलियाले केही अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारलाई गत डिसेम्बरदेखि प्रवेश दिइसकेको छ ।

अस्ट्रेलियामा हालसम्म २७ लाख जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार तीमध्ये ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ८० प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाइसकेका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago