अस्ट्रेलिया: अस्ट्रेलियाले करिब दुई वर्षपछि पर्यटक र अन्य भिसावाहकका लागि सीमा खुला गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री स्कट मरिसनले कोभिडविरुद्धको खोपको पूर्ण मात्रा लिएका पर्यटकहरूका लागि फेब्रुअरी २१ देखि आफ्नो देशमा प्रवेश दिइने बताएका हुन् । ‘यदि, तपाईंले खोपको दुवै मात्रा लगाइसक्नुभएको छ भने हामी तपाईंलाई स्वागत गर्न तयार छौं,’ मरिसनले भने ।
कोभिड–१९ को संक्रमण फैलिएसँगै अस्ट्रेलियाले लामो समयदेखि विदेश नागरिकलाई प्रवेश निषेध गर्दै आएको थियो । त्यसका साथै उसले कडा प्रतिबन्धात्मक नियमहरू लागू गर्दै आएको थियो । सरकारको पछिल्लो निर्णयलाई शिक्षालगायत विभिन्न क्षेत्रले स्वागत गरेका छन् ।
‘करिब दुई वर्षपछि विदेशबाट आउने पर्यटकलाई प्रवेश दिने निर्णय भएको हो,’ राष्ट्रिय सुरक्षासम्बन्धी बैठकपछि प्रधानमन्त्री मरिसनले भने । उनले सबै प्रकारका भिसा पाएकालाई अस्ट्रेलिया आउन दिने निर्णय भएको जनाएका हुन् ।
अस्ट्ेरलियाले कोभिड–१९ को महामारी फैलन रोक्न भन्दै सन् २०२० को मार्चदेखि विदेशी पर्यटकलाई प्रवेश रोकेको थियो । पछिल्लो समय अत्यावश्यक क्षेत्रमा समेत कामदार अभाव भएपछि अस्ट्रेलियाले केही अन्तर्राष्ट्रिय विद्यार्थी र कामदारलाई गत डिसेम्बरदेखि प्रवेश दिइसकेको छ ।
अस्ट्रेलियामा हालसम्म २७ लाख जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार तीमध्ये ४ हजार २ सय ४८ जनाको मृत्यु भइसकेको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार करिब ८० प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्धको खोपको दुवै मात्रा लगाइसकेका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…