अमेरिका: यूएससीआइएसले अब देखि वर्कपरमिट दुई बर्षका लागि मान्य हुने जनाएको छ । यस अधि अशाइलम बाहेका वर्कपरमिट एक बर्षको लागि मात्र मान्य हुदै आएका थिए ।
वर्कपरमिट नविकरणमा कुनै समय ६ महिना भन्दा बढी समय लाग्दा सेवाग्राही प्रभावित बन्दै आएका थिए ।
यूएसीआइएसले सोमवार विज्ञप्तिजारी गर्दै निश्चित आवेदकहरूको लागि नयाँ वर्कपरमिटको अधिकतम वैधता समय थप भएको जनाएको छ ।
‘आज देखि यूएससीआइएसले सामान्यतया निम्न श्रेणीका आवेदकहरूलाई दुई वर्षको लागि मान्य हुने नयाँ र नवीकरण गरिएको इएडीइस प्रदान गर्नेछ ।’ विज्ञप्तिमा भनिएको छ ।
इएडीइस भनेको वर्क परमिटमा हुने विदेशी दर्ता नम्बर,ए-नम्बर जस्तै सांकेतिक नम्वर हो ।
शरणार्थीको रूपमा आवेदन दिएका, स्वीकृत भएका, निर्वासन वा निष्कासनको रोक्का स्वीकृत भएका र महिला विरुद्ध हिंसा ऐन (भीएडब्लुए) का लागि प्रदान गरिने वर्कपरमिटको अवधी सोमवारकै मिति देखि दुई वर्षको हुने छ ।
यस्तै यूएसीआइएसले अत्यावश्यक मानवीय कारण वा महत्त्वपूर्ण सार्वजनिक लाभका काम र डाका श्रेणीका आवेदकहरूलाई सामान्यतया प्यारोल वा स्थगित कार्य अवधिको अन्त्यसम्म नयाँ र नवीकरण गरिएको इएडीएस प्रदान गर्ने जनाएको छ ।
यूएसीआइएसले नयाँ नीति फेब्रुअरी सात देखिका नयाँ र नवीकरण आवेदनमा लागु हुने जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…