ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न डब्लुएचओद्वारा सचेत

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको ओमिक्रोन भेरियन्टलाई कमजोर नआँक्न सचेत गराएको छ ।

सङक्रमण विश्वभरि फैलिएको र मानिसले ज्यान गुमाउन थालेका भन्दै डब्ल्यूएचओले ओमिक्रोनलाई कमजोर नआँक्न चेतावनी दिएको हो ।

पछिल्ला अध्ययनले ओमिक्रोन कोरोनाका अरु भेरियन्टभन्दा कमजोर देखाएका थिए । तर डब्ल्यूएचओका प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ओमिक्रोनका कारण धेरै सङ्ख्यामा मानिस सङ्क्रमित हुँदा स्वास्थ्य प्रणाली नै दबावमा परेको बताएका छन् ।

साथै डा. टेड्रोसले गरिब देशमा खोप पु¥याउन यसको समुचित विवरणको सुनिश्चितामाथि पुनः जोड दिनुभएको अन्तराष्ट्रि सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गएको हप्ता विश्वभर सङ्क्रमणको सङ्ख्या ७१ प्रतिशतले बढेको र अमेरिकी महाद्विपमा सय प्रतिशतले बढेको तथ्याङ्क छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago