बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने

पाल्पा । वाम–लोकतान्त्रिक गठबन्धन पाल्पा क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार सोम प्रसाद पाण्डेयले बसाइसराई रोक्न एकिकृत बस्ती निर्माण गर्ने बताएका छन् । आइतबार तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी लगायतका क्षेत्रमा घरदैलो पछिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले बसाइसराईलाई रोक्न तानसेनको ढुंगाखानी, सेतीपोखरी क्षेत्रमा एकिकृत बस्ती विकास गर्ने बताएका हुन् । पछिल्लो समय तराई  क्षेत्रमा बसाइसराईका कारण पाल्पाको जनधनत्व घट्दै गइरहकोतर्फ इंगित गर्दै पाण्डेयले पाल्पामै बस्ने वातावरण सहितको एकिकृत बस्ती विकास र पर्यटकीय नगरीको रुपमा विकास गरिने बताए  ।


तानसेनको बजार एरियालाई पर्यटकीय गन्तव्यको रुपमा र बजारसँगै जोडिएको ढुंगाखानी, सेतीपोखरी, धरमपानी लगायतको क्षेत्रमा एकिकृत वस्ती विकासको गुरुयोजना बनाएर भौतिक तथा आर्थिक रुपमा विकास गर्ने उम्मेदवार पाण्डेले प्रतिवद्धता व्यक्त गरे । पूर्व उद्योग मन्त्री समेत रहेका पाण्डेयले आफूले तानसेनको धरमपानी, सेतीपोखरी, ढुंगाखानी क्षेत्रमा घरदैलो गर्दै उद्योगमन्त्री हँदा सुरु गरेको एक जिल्ला एक औधोगिक ग्रामको अवधारणलाई यस क्षेत्रमा सञ्चालन गर्ने समेत बताए ।  अर्चले, साफाखुम, बराङ्दी क्षेत्रमा समेत घरदैलो गर्दै पाण्डेयले यस क्षेत्रमा सुन्तला खेती, कृषि, व्यवसायिक पशुपालनलाई जोड दिने गरेर काम गर्ने  बताए ।
यस्तै प्रदेश सभा पाल्पा (२) १ का उम्मेद्वार वीरबहादुर रानाले पाल्पाको तानसेनको अर्चले, साफाखुम, बराङ्दी क्षेत्रमा कृषि र पशुपालनको पकेट कार्यक्रम सञ्चालन गरी युवा स्वरोजगार र विदेशबाट फर्किएका युवाहरुलाई लगानीको सुनिश्चिता र लगानीको ग्यारेन्टी सहितका कार्यक्रम सञ्चालन गरिने बताए । उनले यस क्षेत्रमा रहेको सडक र खानेपानीको समस्या समाधानमा समेत आफूले ध्यान दिने बताए । घरदैलो कार्यक्रममा  गठबन्धनका संयोजक तथा नेपाली काँग्रेसका सभापति हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्रका नेता नेत्र प्रसाद पाण्डेय, एकिकृत समाजवादीका जिल्ला सचिव मोहनलाल गैरे, तानसेन नगरपालिकाका पूर्व मेयर  तथा एकिकृत समाजवादीका समानुपातिक उम्मेद्वार अशोककुमार साही लगायतले पाल्पा तानसेनको विकास पर्यटन, कृषि र पशुपालनबाट नै संभव रहेकाले त्यसको लागि गठबन्धनका उम्मेद्वारहरुलाई मत दिन आग्रह गरे ।   प्रदेश सभा क्षेत्र नं. २ (२) का उम्मेदवार नेकपा माओवादी केन्द्रका नेता तुलाराम (बसन्त) घर्तीले रोजगारी सिर्जनाका लागि उद्योगको स्थापना, प्राविधिक शिक्षाका लागि गठबन्धनको जित आवश्यक रहेको बताए । उनले प्रदेश सभा क्षेत्र नं. २ (२) का विभिन्न क्षेत्रमा पुुगी मतदाताहरुलाई भेटी यस्तो प्रतिवद्धता जनाएका छन् । उनले  वितेको पाँच वर्षमा आफूले भौतिक विकासका काम गरेको र अब जनताको आर्यस्तर वृद्धि गरी समृद्धि हासिल गर्नेतर्फ केन्द्रित हुने बताए । अहिलेको गठबन्धनले मात्रै नागरिकको मर्मअनुसार काम गर्ने हुँदा निष्पक्ष भएर मतदान गर्न पनि मतदाताहरु समक्ष आग्रह गरेका छन् । पाल्पा क्षेत्र नं. १ मा गठबन्धनका साझा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका उपसभापति ज्ञानबहादुर गाहाले आफुु विजयी भएसँगै जनताको चाहना अनुसार भौतिक र मानवीय विकासमा काम गर्ने बताए । उनले पनि क्षेत्र १ का विभिन्न टोलवस्तीमा पुुगेर मतदाताहरुलाई भौतिक र मानवीय विकासलाई सँगसँगै हिँडाएर पूर्वी पाल्पालाई अब्बल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । त्यस्तै क्षेत्र नं.१ को प्रदेशसभा १ (क) का उम्मेदवार श्यामकान्त खनाल, १ (ख) का शंकर खनालले पनि जनताका हरेक समस्यासँग आफू अवगत रहेकाले त्यसको समाधानका लागि कटिबद्ध भएर लाग्ने बताएका छन्

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago