काठमाडौँ – हिमानी ट्रष्टले लमजुङ र गोरखाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने भएको छ। लमजुङ र गोरखामा गरी साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गर्न लागिएको हिमानी ट्रष्टले जनाएको छ।
ट्रष्टका अनुसार पूर्वयुवराज्ञी हिमानी शाह विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रममा सहभागी हुन बिहीबार काठमाडौँबाट लमजुङ जाने कार्यक्रम छ। भदौ २४ गते लमजुङमा र भदौ २५ गते गोरखामा उक्त कार्यक्रम राखिएको छ। लमजुङको बेंसीसहर–७ स्थित आमा समूह भवनमा बिहान ११ बजे हुने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिनेछ।
लमजुङमा १ हजार ४६९ छात्र र १ हजार ४६३ छात्रालाई ती सामाग्री प्रदान गरिने हिमानी ट्रष्टले जानकारी दिएको छ। यस्तै गोरखामा भदौ २५ गते गोरखा बजारको शक्ति माध्यमिक विद्यालयमा बिहान ११ बजे विभिन्न गाउँपालिकाका १ हजार ८८९ छात्र र १ हजार ८६५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…