काठमाडौँ – हिमानी ट्रष्टले लमजुङ र गोरखाका विभिन्न विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्ने भएको छ। लमजुङ र गोरखामा गरी साढे ६ हजारभन्दा बढी विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गर्न लागिएको हिमानी ट्रष्टले जनाएको छ।
ट्रष्टका अनुसार पूर्वयुवराज्ञी हिमानी शाह विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने कार्यक्रममा सहभागी हुन बिहीबार काठमाडौँबाट लमजुङ जाने कार्यक्रम छ। भदौ २४ गते लमजुङमा र भदौ २५ गते गोरखामा उक्त कार्यक्रम राखिएको छ। लमजुङको बेंसीसहर–७ स्थित आमा समूह भवनमा बिहान ११ बजे हुने कार्यक्रममा मर्स्याङ्दी गाउँपालिका, दुधपोखरी गाउँपालिका र दोर्दी गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिनेछ।
लमजुङमा १ हजार ४६९ छात्र र १ हजार ४६३ छात्रालाई ती सामाग्री प्रदान गरिने हिमानी ट्रष्टले जानकारी दिएको छ। यस्तै गोरखामा भदौ २५ गते गोरखा बजारको शक्ति माध्यमिक विद्यालयमा बिहान ११ बजे विभिन्न गाउँपालिकाका १ हजार ८८९ छात्र र १ हजार ८६५ छात्रालाई शैक्षिक सामाग्री प्रदान गरिने छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…