‘क्लोज क्याम्प’का सन्दीप क्यानलाई थाहै नदिइ कसरी पुगे होटलसम्म ?

काठमाडौँ – नेपाली राष्ट्रिय क्रकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध एक किशोरीले बलात्कार गरेको उजुरी दिएसँगै अहिले नेपाल प्रहरीले विभिन्न पक्षसँग सुक्ष्म तरिकाले अध्ययन गरिरहेको छ।

यद्यपि, सन्दीप लामिछाने राष्ट्रिय टिमको क्लोज क्याम्प छोडेर एक किशोरीलाई लिएर नगरकोट हुँदै काठमाडौँको होटलसम्म पुगेको पत्तो भने क्यान र टिम व्यस्थापकले पाएनन्। जसका कारण क्यानले ‘क्लोज क्याम्प’ मा गरेको लापरबाहीसमेत बाहिर आएको छ। लामो समय कप्तानबिना टिम होटलमा रहँदा क्यानले पूर्ण रुपमा सन्दीपबारे चासो राखेको देखिँदैन। प्रहरीले सार्वजनिक गरेको उजुरीलाई हेर्दा पनि सन्दीप लामिछाने भदौ ५ गते साँझदेखि ६ गते बिहानसम्म बाहिरै रहेको देखिन्छ।
किशोरीले गरेको उजुरीमा भनिएको छ, ‘राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने मिति २०७९-०५-०५ गते काठमाडौँ  र भक्तपुरको विभिन्न स्थानमा लगी काठमाडौँ ल्याइ राति ११:५५ बजे काठमाडौँको एक होटलको कोठा नम्बर ३०५ मा मिति २०७९-०५-०६ गते रातको ००:२५ मा जबर्जस्ती करणी गरेको उल्लेख गर्दै २०७९-०५-२१ मा गौशाला प्रहरी वृतमा जाहेरी दर्खास्त दिएको छ। प्रहरीको उजुरीलाई आधारमान्दा सन्दीपले ५ गते साँझ नै होटल छोडेका थिए। तर, भोलिपल्ट मात्र उनी होटल फर्किँदासम्म पनि क्यानको टिम व्यवस्थापक रहेका सुनिल महासेठले पत्तो पाउन सकेनन्। ६ गते राति ११ बजेको फ्लाइटबाट नेपाली टिम नैरोबीका लागि उड्ने कार्यतालिका रहेको थियो। त्यसअघि टिमलाई एक होटलमा क्यानले बिदाइको कार्यक्रम राखेको थियो। जहाँ सन्दीप लगायत सम्पूर्ण सदस्य उपस्थित रहेका थिए।
कसरी बाहिरिए सन्दीप?
क्यानका अनुसार विदेशिनु अघिल्लो दिन खेलाडीहरुले केही कारण देखाएर घर जान चाहेमा जानका लागि अनुमति दिने गरिन्छ। तर, सन्दीपको हकमा भने उनले आधिकारिक रुपमा कसैलाई जानकारी गराएको देखिँदैन। क्यान स्रोतले भन्यो, ‘राष्ट्रिय टिमका कप्तान भएकाले तुलनात्मक रुपमा अन्य खेलाडीलाई जस्तो उनलाई बाहिर जानका लागि धेरै कारण खोजिँदैन। उनी चाहेको समयमा निस्किन सक्छन्। उनले सामान्य बाहना बनाएर पनि दिन र रात कटाउन सक्छन्।’समग्रमा उनलाई क्लोज क्याम्पबाट बाहिर निस्कनका मुस्किल नभएको देखिन्छ। यस्तोमा उनी केटीसँगको सम्पर्कपछि बाहिरिएको उजुरीमा नै उल्लेख छ। तत्काल सन्दीपको लक्ष्य नगरकोट भए पनि पछि पुनः काठमाडौँ फर्किएको र एक होटलमा बसेको उल्लेख छ। प्रहरीले सन्दीपको उक्त दिनको गतिविधिको सिसिटिभि फुटेजहरु अनुसन्धान गरिरहेको छ।
स्टारडमको आडमा बदमासी भएको हो ?
प्रहरीले सन्दीपविरुद्ध उजुरी परेपछि अनुसन्धान सुरु गरेको छ। तर, उनले बलात्कार गरे/नगरेको पुष्टि हुने या नहुने भने अदालतको फैसलापछि मात्र तय हुनेछ। तर, सन्दीपको २२ वर्षको उमेरमा प्राप्त गरेको उपलब्धिको स्टारडम भने थेग्न नसकेको आलोचना हुने गरेको थियो।कुनै समय आफूलाई तिमी नभन्न आग्रह गर्दै चर्चामा आएका सन्दीप नेपाली क्रिकेटमा खेलाडी र क्रिकेट संघबीचको विवादपछि कप्तानको रुपमा उदाएका थिए। किशोर अवस्थामा नै विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका सन्दीपले छोटो समयमा नै कमाएको स्टारडमको फाइदामा कतै बदमासी त गरेनन् भने प्रश्न भने सतहमा आएको छ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago