सिद्धार्थ आर्थिक करिडोर जनताको जीवनस्तरसँग जोडिएको हुन्छ यसलाई लाईफमार्ग बनाउनुपर्छ
पोखरा, २२ साउन ।
सिद्धार्थ आर्थिक करिडोरको सिकाई गोष्ठी पोखरामा संचालन भैरहेको छ । सिद्धार्थ राजमार्गमा अवस्थित १५ पालिका प्रमुख, उपप्रमुख तथा कार्यकारी अधिकृतहरुको सहभागीता रहेको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकामा प्रमुख धनराज आचार्यले सिद्धार्थ राजमार्गको विकासले यस क्षेत्रको लाईफलाईन मार्गको रुपमा विकास गर्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो सिद्धार्थ आर्थिक करिडोर जनताको जीवनस्तरसँग जोडिएको हुन्छ यसलाई लाईफमार्ग बनाउनुपर्छ ।
सानिसाका तर्फबाट सञ्चालन गरिने समुन्नत र सुदृढ कार्यक्रमहरुको परिचय प्रश्नोत्तर, सिकाई, अपेक्षा जस्ता विषयमा समुन्नती टिम लिडर हीरामणी घिमिरे, बेलायती राजदूतावासका प्रतिनिधि लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।
मेयर फोरमको सचिवालय तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठको अध्यक्षतामा चलेको कार्यक्रम शंकर भण्डारीले सञ्चालन गर्नुभएको छ । शनिबारदेखी सुरु भएको गोष्ठी सोमबार सकिनेछ । कार्यक्रम तानसेन नगरपालिकाको आयोजनामा भएको गरिएको हो ।
तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा प्रभावकारी स्थानीय सेवाको लागि सार्वजनिक निजी साझेदारी अन्तर्गत
पोखराको होटल बाराहीमा सुरु भएको कार्यक्रममा सिद्धार्थ आर्थिक करिडोर र मेयरस फोरमका उद्देश्य, अपेक्षित परिणामहरु, सार्वजनिक निजी साझेदारी कार्यक्रम (सानिसा) कार्यान्वयनका अवसर र चुनौतीहरुसँगै पालिकास्तरमा सञ्चालन हुने कार्यक्रमहरु बारेको छलफल हुनेछ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…