ध्वनी प्रदूषण मानव स्वास्थ्यजन्य समस्या पनि हो : बालेन्द्र शाह

काठमाडौँ – काठमाडौँमा आजदेखि पुनः ‘नो हर्न’ अभियानलाई सुरु भएको छ । २०७४ साल वैशाख १ गते पहिलो पटक यो अभियान थालिएको थियो । अभियान सुरुवातमा प्रभावकारी थियो । विस्तारै सवारी चालकले ‘नो हर्न’ अभियान वेवास्ता गर्न थालेपछि यसलाई फेरि थालिएको हो ।

आज महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) र महानगरीय प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले ‘नो हर्न’ लेखिएको स्टिकर एक अर्काको सवारी साधनमा टाँसेर कार्यक्रम शुभारम्भ गर्नुभएको हो । पहिलो चरण (२०७४ साल) मा अभियान थाल्दै हर्न नबजाइकन पनि सवारी साधन चलाउन सकिन्छ भन्ने सन्देश दिन काठमाडौं महानगरको नेतृत्वमा मोटरसाइकल र्‍याली गरिएको थियो ।

त्यस क्रममा बोल्दै प्रमुख शाहले, ध्वनी प्रदुषण सडक व्यवस्थापनमा मात्र नभइ वातावरणीय र मानव स्वास्थ्यजन्य समस्या रहेको बताए । ‘अगाडि कुनै न कुनै प्रकारको समस्या भएर नै सवारी जाम हुने हो । पछाडिका सवारी साधनले हर्न बजाउँदा अगाडिको समस्या समाधानमा सहयोग पुग्दैन । बरु वातावरण र जनस्वास्थ्यमा समस्या थपिन्छ ।’

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक चौधरीले, अभियानलाई सफल बनाउन सबै पक्षबाट सहयोग हुनु पर्ने बताए।  सवारी चालकहरूले अब सामान्य अवस्थामा हर्न बजाउन पाउने छैनन् । सवारी दुर्घटना हुने अवस्था भयो, सडकको एक भागबाट अर्को भाग नदेखिने मोड आयो भने चालकले छोटो हर्न बजाउन सक्नेछन् । यदि कसैले यसको पालना गरेन भने एक पटकमा ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मीका सवारी, शव वाहन, दमकलका लागि लागू हुने छैन ।  अभियानलाई सफल बनाउन पदमकन्या क्याम्पसका विद्यार्थीहरू सचेतनाका लागि १५ दिन सडकमा खटिनेछन् ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago