काठमाडौँ – साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १० अंकले बढेको छ। आइतबार नेप्से सूचक १०.२७ अंकले बढेर २१२३.८३ बिन्दुमा पुगेको हो। आज कारोबारमा आएका २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१ कित्ता शेयर २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार २३२ रुपैयाँ बराबरमा कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये जीवन बीमा उपसमूह बाहेक १२ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ। होटल उपसमूहको सूचक सबैभन्दा धेरै २.१६ प्रतिशतले बढेको छ।

नेप्से परिसूचक बढेसँगै मनकामना स्मार्ट लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, तेह्रथुम पावरको ९.६५ प्रतिशत, उपकार लघुवित्तको ९.१३ प्रतिशत, गुह्वेश्वरी फाइनान्सको ८.५७ प्रतिशत र साहस उर्जाको शेयर मूल्य ६.११ प्रतिशतले बढेको छ। तर, यता नयाँ सारथी लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ३.४८ प्रतिशतले घटेको छ भने ग्रामिण विकास लघुवित्तको ३.३८ प्रतिशतले घटेको छ।

आइतबार शिवम् सिमेन्टको १३ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने नबिल बैंकको १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago