प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँड

काठमाडौं: प्राइम कमर्सियल बैंक लिमिटेडले जेठ ३१ गतेदेखि निष्काशन गरेको ऋणपत्र बाँडफाँड गरेको छ । कम्पनीले उक्त ऋणपत्र असार २२ गते बुधवार बाँडफाँड गरेको हो । कम्पनीले ५ अर्ब बराबरको ५० लाख कित्ता ऋणपत्र विक्री खुला गरी बाँडफाँड गरेको हो । कम्पनीले ५ वर्ष अवधिको तथा वार्षिक १० दशमलव १५ प्रतिशत ब्याजदर भएको “१०.१५ प्राइम डिबेन्चर २०८४” नामको ऋणपत्र विक्री गरेको थियो ।

प्रतिकित्ता १ हजार अंकित दरका कुल कित्ता ऋणपत्रमध्ये २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशनमार्फत र ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र भने कम्पनीले व्यक्तिगत तवरबाट विक्री गरेको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago