पुन आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त

काठमाडौं: आइएमई जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा युगेशभक्त बादे श्रेष्ठ दोहोरिएका छन् । कम्पनीको सञ्चालक समितिले बादेलाई पुनः अर्को कार्यकालका लागि दोहोर्याउने निर्णय गरेको थियो । बीमा समितिले आजै उनको कार्यकाल दोहोर्याउने अनुमति दिइएको बीमा समितिका निर्देशक दिनेशलाल कर्णले जानकारी दिए ।

बादेको कार्यकाल आगामी साउन २३ गतेदेखि सकिदैछ । वादेलाई कम्पनीले २०७५ साउन २३ गतेदेखि लागु हुने गरी पहिलो पटक सिइओमा नियुक्त गरेको थियो । उनि तत्कालिन समयमा कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । उनको चार वर्षे कार्यकाल सफलतापुर्वक सम्पन्न हुनु भन्दा अगाडी नै अर्को कार्यकालका लागि पुनः नियुक्त गरेको हो । उनि आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत हुनेछन् । वादे तीन दशकदेखि बीमा क्षेत्रमा सक्रिय छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago