आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं: अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । सिडिएस एण्डक्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार बुधवार साझ ५ बजेसम्म ११ लाख ९ हजार ७६२ जनाले १ करोड २८ लाख ४६ हजार ९९० कित्ता आईपीओ खरीदको माग गरेका छन् । जुन मागभन्दा ७ गुणा बढी आवेदन परेको हो ।

कम्पनीले १९ करोड ५७ लाख ५० हजार बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको हो । निष्काशन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ । लगानीकर्ताले बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन । कम्पनीलाई इक्रा नेपालले इक्राएनपी–आइआर डबलबी प्लस निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नं।६,७ र ११ मा सोलुखोलाको पानीबाट २३ दशमलव ५ मेगावट क्षमताको विद्युत् आयोजना निर्माण सम्पन्न गरेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago