काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सचिव मधु मरासिनीको बिदामा बस्ने निर्णयपछि अर्थ मन्त्रालयका सहसचिवहरूको बुधबार दिनभर ‘भागाभाग’ भएको छ । शर्माले राजीनामा दिने विषयमा पत्रकार सम्मेलन गर्ने सूचना प्रवाह गरेपछि त्यसमा उपस्थित हुनुपर्ने भयले कतिपय सहसचिवले मोबाइल बन्द गरे ।
अप्ठेरो र विवादित समयमा जिम्मेवारी लिनुपर्ने डरले केही सहसचिव मन्त्रालय नै गएनन् । उपस्थित भएकाहरू हाजिर गरेर मन्त्रालय छाडे ।
राजस्व सचिव कृष्णहरि पुष्कर विदेशमा रहेकाले तत्कालका लागि मन्त्रालयमा उपलब्ध वरिष्ठ सहसचिवमध्येबाट एक जनाले निमित्त सचिवको काम गर्नुपर्छ । ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले सचिवको टेबलमा फाइलको चाङ छ । निमित्त भएपछि त्यसमा हस्ताक्षर गरेर सबै जिम्मेवारी लिनुपर्छ,’ एक सहसचिले भने, ‘मन्त्रीको पत्रकार सम्मेलनमा बसेर समर्थन गर्न सक्ने अवस्था पनि रहेन ।’ स्रोतका अनुसार मन्त्री शर्माले भने बुधबार साँझ केही सहसचिवलाई फोन गरेर ‘तपाईं पनि भागेको हो ?’ भनेर प्रश्न गरेका थिए ।
मन्त्रीले काम अह्राउने डरले मन्त्रालय आएका माथिल्लो तहका धेरै कर्मचारी दिनभर आफ्नो कोठामै बसेनन् । मन्त्रालयमा सहसचिवको ९ दरबन्दी रहेकामा १० जना कार्यरत छन् । मन्त्रालयका प्रशासन प्रमुख तथा सहसचिव केदारनाथ शर्मा घरायसी काम परेको भन्दै तीन दिन बिदा लिएर बागलुङ गएका छन् । उनी मन्त्रालयका वरिष्ठ सहसचिव हुन् । सहसचिव तथा बजेट महाशाखाका प्रमुख चक्र बुढा र प्रवक्ता तथा सहसचिव ढुण्डीप्रसाद निरौला भने मन्त्रालयमा दिनभर थिए । धेरैजसो सहसचिव बाहिरिएपछि उपसचिव र अधिकृत एउटै कोठामा भेला भएर बसेका थिए । ‘कर्मचारीमा एक प्रकारको अन्योल जस्तै थियो,’ एक अधिकृतले भने, ‘सचिव पनि अनिश्चितकालीन बिदामा बसेको खबरले अरू कर्मचारी भयमा देखिन्थे ।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…