अर्थमन्त्रीको राजिनामा सँगै कर्मचारीको भागभाग!!

काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सचिव मधु मरासिनीको बिदामा बस्ने निर्णयपछि अर्थ मन्त्रालयका सहसचिवहरूको बुधबार दिनभर ‘भागाभाग’ भएको छ । शर्माले राजीनामा दिने विषयमा पत्रकार सम्मेलन गर्ने सूचना प्रवाह गरेपछि त्यसमा उपस्थित हुनुपर्ने भयले कतिपय सहसचिवले मोबाइल बन्द गरे ।

अप्ठेरो र विवादित समयमा जिम्मेवारी लिनुपर्ने डरले केही सहसचिव मन्त्रालय नै गएनन् । उपस्थित भएकाहरू हाजिर गरेर मन्त्रालय छाडे ।
राजस्व सचिव कृष्णहरि पुष्कर विदेशमा रहेकाले तत्कालका लागि मन्त्रालयमा उपलब्ध वरिष्ठ सहसचिवमध्येबाट एक जनाले निमित्त सचिवको काम गर्नुपर्छ । ‘आर्थिक वर्षको अन्त्यतिर भएकाले सचिवको टेबलमा फाइलको चाङ छ । निमित्त भएपछि त्यसमा हस्ताक्षर गरेर सबै जिम्मेवारी लिनुपर्छ,’ एक सहसचिले भने, ‘मन्त्रीको पत्रकार सम्मेलनमा बसेर समर्थन गर्न सक्ने अवस्था पनि रहेन ।’ स्रोतका अनुसार मन्त्री शर्माले भने बुधबार साँझ केही सहसचिवलाई फोन गरेर ‘तपाईं पनि भागेको हो ?’ भनेर प्रश्न गरेका थिए ।

मन्त्रीले काम अह्राउने डरले मन्त्रालय आएका माथिल्लो तहका धेरै कर्मचारी दिनभर आफ्नो कोठामै बसेनन् । मन्त्रालयमा सहसचिवको ९ दरबन्दी रहेकामा १० जना कार्यरत छन् । मन्त्रालयका प्रशासन प्रमुख तथा सहसचिव केदारनाथ शर्मा घरायसी काम परेको भन्दै तीन दिन बिदा लिएर बागलुङ गएका छन् । उनी मन्त्रालयका वरिष्ठ सहसचिव हुन् । सहसचिव तथा बजेट महाशाखाका प्रमुख चक्र बुढा र प्रवक्ता तथा सहसचिव ढुण्डीप्रसाद निरौला भने मन्त्रालयमा दिनभर थिए । धेरैजसो सहसचिव बाहिरिएपछि उपसचिव र अधिकृत एउटै कोठामा भेला भएर बसेका थिए । ‘कर्मचारीमा एक प्रकारको अन्योल जस्तै थियो,’ एक अधिकृतले भने, ‘सचिव पनि अनिश्चितकालीन बिदामा बसेको खबरले अरू कर्मचारी भयमा देखिन्थे ।’

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago