वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेल बर्खास्त

काठमाडौँ — मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गर्ने निर्णय गरेको छ । निगममा भएका कामकारबाहीलाई लिएर सोधिएका स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नदिएको भन्दै मन्त्रिपरिषद्ले पौडेललाई बर्खास्त गर्ने निर्णय लिएको हो ।

पौडेललाई सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बालुवाटारमा बसेको मन्त्रिपरषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले जानकारी दिए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पौडेललाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियु्क्त गरेको थियो । उनको नेतृत्वमा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि बढेको थियो । निगमलाई निजीकरण गर्न खोजिएपछि निगमका कर्मचारी आन्दोलनमा उत्रिएका थिए । देउवा नेतृत्वको सरकारमा आले पर्यटनमन्त्री बनेर आएपछि निगमलाई निजीकरण गर्न नहुने भन्दै प्रक्रिया रोकिएको थियो । पौडेललाई राष्ट्रिय सम्पतिलाई निजीकरण गर्न लागेको, निगमको व्यवस्थापन लगायतका विषयमा सरकारले स्पष्टिकरण माग गरेको थियो ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago