काठमाडौ – गृहमन्त्री बालकृष्ण खाणले यौनजन्य हिंसाविरुद्धको शैक्षिक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने विचार सकारात्मक भएको बताएका छन्।
सांसदहरूले उठाएका सवालमा छलफलमा जवाफ दिँदै उनले यौनजन्य हिंसाबाट बच्न, बचाउन र घटनाबारे सजायको प्रावधान पाठ्यक्रममा समावेश गर्नु अनिवार्य भएको बताए। सांसदहरूले विद्येयकमाथिको छलफलको क्रममा सचेतनाका लागि जानकारीमूलक सामग्री पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज उठाएका थिए।
संसद्मा सोमबार विद्येयक प्रस्तुत भएको छ। उक्त विद्येयकमाथिको छलफलको क्रममा उठेका सवालको जवाफ दिने क्रममा गृहमन्त्री खाणले बलात्कारजस्ता आपराधिक गतिविधिमा संलग्न हुनेलाई पनि अभिमुखीकरण दिनुपर्ने अवस्था देखिएको बताए।
बाँकेमा भएको सामूहिक बलात्कारको घटनामा १६ वर्ष, १७ वर्षदेखि २५ वर्षसम्मको युवकहरू रहेको चर्चा गर्दै अधिकांश बलात्कारका घटनामा युवाहरू नै संलग्न रहेको पाइएको उनको भनाइ छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…