अब घरबाटै कुहिने र नकुहिने फाेहाेर छुट्याउनुहाेस्: मेयर बालेनकाे अनुराेध

काठमाडौँ- काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले घरबाटै कुहिने र नकुहिने फाेहाेर छुट्याइदिन सम्पूर्ण काठमाडाैँवासीमा अनुराेध गरेका छन्।

बालेनले अब फाेहाेर उठ्ने बताउँदै काठमाडाैँवासीमा यस्ताे अनुराेध गरेका हुन्। उनले फाेहाेरले दुख दिँदा सहिदिएकाले काठमाडाैँवासीप्रति हृदयदेखि आभार व्यक्त गरेका छन्।

बालेनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अब फोहोर उठ्नेछ। यो सबैको लागि निसन्देह: खुसीको खबर हो। अहिलेसम्म फोहोर थुप्रिएर पाउनु भएको दुखका लागि क्षमाप्रार्थी छौँ। साथसाथै, कोठाभित्र होस् वा घरमा वा सडकमा, जतासुकै फोहोरले यतिसम्म दुख दिँदा र अफ्ठ्यारोमा पारिरहँदा पनि धैर्य भएर सहिदिनु भएकोमा ह्रदयदेखि नै धन्यवाद छ।’

मेयरु बालेनले फाेहाेर उठ्नुमात्र यसकाे समाधान नभएकाे पनि बताउँदै फाेहाेरलाई कुहिने र नकुहिने छुट्याउन सबैलाई अनुराेध पनि गरे।

‘तर फोहोर उठ्नु मात्रै यसको समाधान होइन। अब अझै धेरै गर्न बाँकी कुरा रहन्छ। हामी आग्रह गर्छौँ कि अब तपाईंको कोठा, घर, कार्यालय तथा व्यवसाय कतैबाट पनि फोहोर निस्किँदा कुहिने, नकुहिने गरेर कम्तीमा दुई किसिमका फोहोरहरू छुट्टिएर निस्किऊन्। कुहिने र नकुहिने फोहोरलाई छुट्याइदिने हो भने त्यसको व्यवस्थापन सहज हुन्छ’ उनले लेखेका छन्, ‘जति सहज व्यवस्थापन हुन्छ, त्यति नै चाँडो हामी स्वच्छ र स्वस्थ काठमाण्डौँमा बाँच्न पाउँछौँ भने हाम्रो कारणले अन्त कसैले रोगी भएर बाँच्नु वा मर्नु पर्दैन।

अहिले थुप्रिएको फोहोरलाई नै छुट्याउन समस्या हुन सक्ला तर हामी विश्वास गर्छौँ, तपाईंहरूले अब हरेक फोहोरलाई कुहिने र नकुहिने गरेर कम्तीमा दुई अलगअलग भाँडोमा राखेर फोहोर व्यवस्थापनमा आफ्नो कर्तव्य पूरा गरिदिनु हुनेछ।’

बालेनले अब महानगरले पहिलेका कमजाेरी नदाेहाेर्‍याउने पनि प्रतिबद्धता व्यक्त गरेका छन्। ‘महानगरले पनि पहिलेका कमजोरी वा गल्तीहरू दोहोर्‍याउने छैन। फोहोरलाई स्रोतबाट नै छुट्याउनका लागि हदैसम्मको सहकार्य र कोशिस गर्नेछ’,उनले लेखेका छन्।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago