काठमाडौं: चौतर्फी आलोचनापछि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ। यातायात व्यवस्था विभागले गण्डकी र वाग्मती प्रदेशमा असार मसान्तसम्म अनिवार्य नजोडे कारबाही गर्ने धम्कीसहित सूचना निकालेको थियो।
सो सूचनाको सडकदेखि सदनसम्म आलोचना भएपछि विभाग इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियामा लचिलो बन्न लागेको हो। विभागले नयाँ योजनासहित मंगलबार अर्को सूचना जारी गर्न लागेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए।
उनका अनुसार अब गत मंसिर १ गतेदेखि नयाँ सवारी साधन लिएकाहरुले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ। गत फागुन १ पछि पुराना सवारी किनबेच भएका वा नामसारी गरेकाहरुले पनि असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ।
घिमिरेका अनुसार नवीकरण गर्नेको हकमा भने अब यातायात कार्यालयहरुले योजनाबद्ध रुपमा लट अनुसार इम्बोस्ड नम्बर प्लेट जडान कार्य गर्नेछ। ‘यसका लागि आज प्रदेश स्तरका यातायात कार्यलयसंग समन्वय गर्दैछौं,’ उनले भने।
घिमिरेका अनुसार इम्बोस्ड नम्बर जडानको विषयमा नभई लागत धेरै भएको भन्दै विरोध भएको हो। ‘यो विभागको हातमा हुँदैन। सरकारले नै घटाए घट्छ,’ उनले भने।
सबैतिर आलोचना मात्रै भएपछि विभागका महानिर्देशक घिमिरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल भेट्न पुगेका थिए।
सचिव सिग्देलसँग छलफलपछि नयाँ सूचना जारी गर्न लागिएको हो। राजपत्रमा प्रकाशित सूचनामा नयाँ सवारी दर्ताको हकमा २०७८ मंसिर १, नामसारी गर्ने सवारीको हकमा २०७८ फागुन १ र नवीकरण गर्ने सवारीको हकमा २०७८ जेठ १ गतेबाट इम्बोस्ड नम्बर प्लेट सम्बन्धि व्यवस्था लागु हुने उल्लेख छ।
तर विभागले निकालेको सूचनामा साउनदेखि वाग्मती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उर्दी थियो।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…