आलोचनापछि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय पुनर्विचार गर्ने

काठमाडौं: चौतर्फी आलोचनापछि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय पुनर्विचार गर्ने भएको छ। यातायात व्यवस्था विभागले गण्डकी र वाग्मती प्रदेशमा असार मसान्तसम्म अनिवार्य नजोडे कारबाही गर्ने धम्कीसहित सूचना निकालेको थियो।

सो सूचनाको सडकदेखि सदनसम्म आलोचना भएपछि विभाग इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियामा लचिलो बन्न लागेको हो। विभागले नयाँ योजनासहित मंगलबार अर्को सूचना जारी गर्न लागेको विभागका महानिर्देशक नमराज घिमिरेले बताए।

उनका अनुसार अब गत मंसिर १ गतेदेखि नयाँ सवारी साधन लिएकाहरुले असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ। गत फागुन १ पछि पुराना सवारी किनबेच भएका वा नामसारी गरेकाहरुले पनि असार मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्छ।

घिमिरेका अनुसार नवीकरण गर्नेको हकमा भने अब यातायात कार्यालयहरुले योजनाबद्ध रुपमा लट अनुसार इम्बोस्ड नम्बर प्लेट जडान कार्य गर्नेछ। ‘यसका लागि आज प्रदेश स्तरका यातायात कार्यलयसंग समन्वय गर्दैछौं,’ उनले भने।

घिमिरेका अनुसार इम्बोस्ड नम्बर जडानको विषयमा नभई लागत धेरै भएको भन्दै विरोध भएको हो। ‘यो विभागको हातमा हुँदैन। सरकारले नै घटाए घट्छ,’ उनले भने।

सबैतिर आलोचना मात्रै भएपछि विभागका महानिर्देशक घिमिरे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल भेट्न पुगेका थिए।

सचिव सिग्देलसँग छलफलपछि नयाँ सूचना जारी गर्न लागिएको हो। राजपत्रमा प्रकाशित सूचनामा नयाँ सवारी दर्ताको हकमा २०७८ मंसिर १, नामसारी गर्ने सवारीको हकमा २०७८ फागुन १ र नवीकरण गर्ने सवारीको हकमा २०७८ जेठ १ गतेबाट इम्बोस्ड नम्बर प्लेट सम्बन्धि व्यवस्था लागु हुने उल्लेख छ।

तर विभागले निकालेको सूचनामा साउनदेखि वाग्मती र गण्डकी प्रदेशमा दर्ता कायम रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने उर्दी थियो।

Kamal Panthi

Recent Posts

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago

प्रधानसेनापति सिग्देलको आह्वान : शान्ति, सुरक्षा र राष्ट्रिय एकताको साझा दायित्व

२४ भदौ, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा…

56 years ago

प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै

२४ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।…

56 years ago

सिंहदरबारको मुख्य भवनमा आगजनी

२४ भदौ, काठमाडौं । प्रदर्शनकारीहरूले सिंहदरबारको मुख्य भवनमा आगजनी गरेका छन्। भवनका कोठा-कोठामा आगो फैलिएको…

56 years ago