काठमाडौँ: सिसडोलवासीले काठमाडौँ उपत्यकाको फोहोर फाल्न पुनः रोकेका छन् । दश दिनदेखि काठमाडौं उपत्यकाका चोक चोकमा थुप्रिएको फोहोर मंगलबार उठाउन थालिएको थियो।
बिहान फोहोर बोकेर बन्चरेडाँडा पुगेका सवारीसाधनलाई स्थानीयले अवरोध गरेका हुन् । काठमाडौँ महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राईले स्थानीयले अवरोध सिर्जना गर्न खोजेपछि फोहोर बोकेर गएका गाडी रोकिएको बताइन् । उनका अनुसार स्थानीयसँग सहमतिको प्रयास भइरहेको छ ।
सोमबार मात्र शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिबीच काठमाडौंको फोहोर विसर्जन गर्ने सहमति भएको थियो ।
अलि अलि अवरोध आएकाले त्यहाँका समस्याबारे बुझ्न मेयरसाबले जनप्रतिनिधिसँग को अर्डिनेसन गरिरहेको उनले जानकारी दिइन् ।
स्थानीय जनप्रतिनिधिले फोहोरको बारेमा सहमति गरेपछि मिलाउने काम पनि उनीहरुकै रहेको राईको ठहर छ । ‘उहाँहरुको माग के हो, अवरोध के हो त्यसबारे पालिकासँग समन्वय गर्नपर्ने छ,’ उनले भनिन्, ‘अवरोध भयो भन्ने सुनेको छु।’
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…