दुर्गेश थापाको दृश्य ‘ए मेरो हजुर ४’बाट हटाइयो

काठमाडौँ  –पल शाह प्रकरणलाई लिएर मोडल दुर्गेश थापा समेत चर्चामा छन् ।तर अहिले दुर्गेश थापाले प्रदर्शनको संघारमा रहेको ‘ए मेरो हजुर ४’मा पाएको स्क्रिन स्पेस पनि गुमाएका छन् । मुद्दा अहिले अदालतमा समेत विचाराधीन छ । निर्माण टिमले सम्भावित विवादलाई मध्येनजर गर्दै दुर्गेश थापाको गीत तथा दृश्य फिल्मबाट हटाएको जानकारी  छ ।

स्रोतका अनुसार फिल्ममा दुर्गेश थापाले -यापरको भूमिका निर्वाह गरेका थिए । फिल्मको सुरुवातका केही दृश्यमा दुर्गेशको उपस्थिति थियो तर फिल्मलाई असर नगरोस् भनेर निर्माण टिमले उनी देखिएका गीत तथा दृश्य सम्पादन गर्ने निर्णय गरेको हो ।

र्यापर जी–बबसँग अभिनेता अनमोल केसी 

निर्माण टिमले हालसालै मात्र उनको ठाउँमा निर्माण टिमले जी–बब नामले चिनिने -यापर सुदीप भण्डारीको स्वर राख्ने निर्णयसहित गीत रेकर्ड गराइसकेको छ । आजभोलि नै सार्वजनिक हुन लागेको गीतको शब्द, संगीत तथा स्वर जी–बबकै रहेको छ । उनको स्वर रहेको ‘मिलेन लेभल तेरो बाऊ बोला’ पपुलर कल्चरमा सामेल भइसकेको छ ।

निर्माण टिमले सुटिङको बीचमा दुर्गेश थापालाई भित्र्याएको जानकारीसँग फोटो सार्वजनिक गरेको थियो । तर ताजा विवादका कारण उनलाई हटाउन निर्णय गरेको हो ।

निर्माता सुनिलकुमार थापाले वर्तमान परिस्थितिलाई ध्यान दिंदै दुर्गेशको दृश्य हटाइएको बताए ।‘कसैलाई चित्त दुखाउने हाम्रो उद्देश्य होइन, अहिलेको परिस्थितिलाई ध्यान दिंदै दृश्यलाई हटाएका हौं । त्यो भाग हटाउँदा पनि कथामा असर पर्ने देखिएन,’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago