काठमाडौं: झापाको चन्द्रगढी विमानस्थलबाट पोखरा उडान हुने भएको छ । नयाँ वर्ष (२०७९)को अवसर पारेर वैशाख २ गतेदेखि बुद्ध एयरले सिधा उडान गर्न लागेको हो ।
यस रुटका लागि बुद्ध एयरले सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ तोकेको छ । कम्पनीका अनुसार पोखराबाट भद्रपुर दिउँसो १:२५ मा जहाज उड्नेछ । भद्रपुरबाट सो जहाज पोखराका लागि दिउँसो ३ बजे उड्नेछ ।
विगत लामो समयदेखि चन्द्रगढी विमानस्थलबाट पोखरा उडानका लागि पहल गरिएको चन्द्रगढी विमानस्थलका पूर्वप्रमुख पुर्ण चुडालले जानकारी दिए ।
यस उडानबाट सीमापारी सिलिगढी, दार्जिलिङ, सिक्किमबाट पनि पर्यटक आउन सहज हुने कम्पनीको भनाइ छ । भद्रपुर आसपासका विभिन्न पर्यटकीय तथा धार्मिक गन्तव्यसहित इलामका चियाबगान, हिमश्रृंखलाको अवलोकन गर्ने पर्यटक बढाउन समेत यो उडान प्रभावकारी हुने अपेक्षा गरिएको छ ।
बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले यी दुवै गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज पनि ल्याएको छ । भद्रपुर–पोखरा प्याकेजका लागि १५ हजार रुपैयाँमा २ रात ३ दिनको प्याकेज बनाइएको छ । जसमा दुईतर्फी हवाई टिकट, पोखरा एयरपोर्टबाट होटल तथा होटलबाट पोखरा एयरपोर्ट गाडी सुविधा, वातानुकुलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट राखिएको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…