काठमाडौं: बीमा समितिले लागत र उत्पादनमा आधारित किवि खेती र ड्रागन फल खेती बीमालेख जारी गरेको छ । किवि खेती र ड्रागन फल खेती हुन सक्ने संभावित क्षति वा जोखिमको रक्षा वरण गर्न समितिले उक्त बीमालेखहरु जारी गरेको हो ।

समितिले जारी गरेको किवि खेती र ड्रागन फल खेती बीमालेख अनुसार किवि र ड्रागन फल खेतीमा बीमा अवधि भित्र अग्नी जन्य,हावाजन्य,पानीजन्य,मौसमजन्य,भुमिजन्य, चट्याङ्जन्य,आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणबाट भएको क्षति र रोग तथा किराजन्य क्षतिको रक्षावरण हुनेछ ।

यस्तै बीमा अवधि भित्र बीमित (किसान) को आत्महत्य बाहेकका अन्य कुनैपनि करणले मृत्यु भएमा, स्पाइनल इन्जुरीको कारण पुन ठीक नहुने गरी रिढको हड्डी काम नलाग्ने भएमा, एउटा हातको नाडी देखि माथि पुरै हात नचल्ने भएमा,कुनै एउटा खुट्टाको गोलिगाँठो देखि माथि पूरै खुट्टा काम नगर्ने भएमा दुबै आँखाको दृष्टि गुमेमा दुर्घटना बीमा बापत २ लाख रुपैयाँ सम्म भुक्तानी हुनेछ ।

किवि र ड्रागन फल खेतीमा अत्यप्रत्यक्ष क्षतिको जोखिम बहन नहुने,अधिकार प्राप्त निकायबाट पुर्याइएको क्षतिको जोखिम बहन नहुने समितिले जनाएको छ ।

यस्तै विकिरण वा फोहोरबाट हुनसक्ने क्षतिको जोखिम तथा अन्य बीमामा जस्तै युद्ध वा युद्ध सरहको अवस्थामा पुगेको क्षति, हराएमा, चोरी भएमा, बीमित वा बीमितका एकाघरका व्यक्तिले जानाजान वा मनोरञ्जनका लागि पुर्याएको क्षति पनि जोखिम बहन नहुने बीमालेखमा उल्लेख छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago