छिटो समाचार दिन खोज्दा गल्ती भयो, धमला

काठमाडौँ – पत्रकार ऋषि धमलाले जनतालाई छिटो समाचार दिन खोज्दा गल्ती भएको स्वीकार गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौँ फर्किँदा जहाजभित्रैबाट लाइभ गर्ने क्रममा आफूबाट गल्ती भएको धमलाले स्वीकार गरेका हुन्।

उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्दारोक्दै धमला प्रधानमन्त्री देउवालाई खोज्दै भित्र पसेका थिए। सुरक्षा संवेदनशीलतालाई लत्याएर उनी लाइभ भन्दै जहाजभित्र पसेका हुन्।

उक्त घटनाबारे सवैतिरबाट आलोचना भएपछि प्रेस काउन्सिलले पत्रकार धमलासँग स्पष्टीकरण मागेको थियो। उनले बिहीबार काउन्सिलमा बिहीबार स्पष्टीकरणपत्र बुझाएका छन्। स्पष्टीकरण पत्रमा उनले छिटो समाचार दिन खोज्दा गल्ती भएको उल्लेख गरेका हुन्।

काउन्सिलले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। काउन्सिलका प्रवक्ता दीपक खनालले धमलाको स्पष्टीकरणको पत्र काउन्सिलमा आएको जानकारी दिए। काउन्सिलको बैठकले यसबारे निर्णय गर्ने उनले बताए।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago