छिटो समाचार दिन खोज्दा गल्ती भयो, धमला

काठमाडौँ – पत्रकार ऋषि धमलाले जनतालाई छिटो समाचार दिन खोज्दा गल्ती भएको स्वीकार गरेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर आइतबार साँझ काठमाडौँ फर्किँदा जहाजभित्रैबाट लाइभ गर्ने क्रममा आफूबाट गल्ती भएको धमलाले स्वीकार गरेका हुन्।

उक्त लाइभ प्रशारणमा जहाजका उडान कर्मचारीले रोक्दारोक्दै धमला प्रधानमन्त्री देउवालाई खोज्दै भित्र पसेका थिए। सुरक्षा संवेदनशीलतालाई लत्याएर उनी लाइभ भन्दै जहाजभित्र पसेका हुन्।

उक्त घटनाबारे सवैतिरबाट आलोचना भएपछि प्रेस काउन्सिलले पत्रकार धमलासँग स्पष्टीकरण मागेको थियो। उनले बिहीबार काउन्सिलमा बिहीबार स्पष्टीकरणपत्र बुझाएका छन्। स्पष्टीकरण पत्रमा उनले छिटो समाचार दिन खोज्दा गल्ती भएको उल्लेख गरेका हुन्।

काउन्सिलले उनलाई २४ घन्टे स्पष्टीकरण सोधेको थियो। काउन्सिलका प्रवक्ता दीपक खनालले धमलाको स्पष्टीकरणको पत्र काउन्सिलमा आएको जानकारी दिए। काउन्सिलको बैठकले यसबारे निर्णय गर्ने उनले बताए।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago