साताको अन्तिम दिन नेप्सेमा ३५ अंकको सुधार

काठमाडौं: आज शेयर बजार नेप्से परिसूचक ३५ दशमलव ६६ अंकले बढेको छ । आज साताको अन्तिम दिन शेयर बजार बढेको हो । हिजो चौथो दिनसम लगातार घटेको बजार आज भने ३५ अंकको सुधार देखिएको हो । आज शेयर बजार २,४६४ दशमलव ३१ को विन्दुमा कायम भएको छ ।

आज १७४ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १७ वटा कम्पनीको शेयर मुल्य मात्र घटेको छ । आज सबै उपसूचक बढेका छन् । आज अन्य उपसूचक ३ प्रतिशतले बढेको छ । आज दिनभरिमा २२४ वटा कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १२ करोड १५ लाख ११ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरे नविल बैंकको शेयर कारोबार भएको छ । बैंकको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको ६ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ६ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोडमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन पावर पार्टनर र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल टेलिकमका लगानीकर्ताले ५ दशमलव ८१ प्रतिशतका दरले कमाएका छन् । एक्सेल डेभलपमेन्ट बैंकका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका हुन् ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago