गण्डकीका अर्थ मन्त्री बराल ,अन्तर्राष्ट्रिय वित्त निगमको टोलीसँग

काठमाडौं: विश्व बैंक समुह अन्तरगत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन समक्ष भेटवार्ता गरेको छ । भेटमा टाेलीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा कार्यक्रमहरु बनाउन जाेड दिएका थिए ।

गण्डकी प्रदेशका बरालले याे वर्ष अभावले सबैका गर्न नसकिएकाले अागामी वर्षकाे बजेट बनाउँदा पर्यटन, कृषि, उर्जा, स्वास्थ्यसँगै शिक्षामा बढि जाेड दिने बताए। प्रदेशमा एक किसिमकाे याेजना बैंक बनाएर लगानी सम्मेलन गर्ने प्रदेश सरकारकाे याेजना रहकाे उनले सुनाए ।

काेराेनाबाट थला परेकाे व्यावसायका लागि सहुलियत ऋणमा ध्यान दिएकाे अर्थमन्त्री बरालकाे भनाइ छ । टोलीमा निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानी सहभागी थिए । साथै कार्यक्रममा अर्थ मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी विकास थापा मगर लगायत उपस्थित थिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago