काठमाडौं: विश्व बैंक समुह अन्तरगत अन्तर्राष्ट्रिय वित्त निगमको एक टोलीले गण्डकी प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवन समक्ष भेटवार्ता गरेको छ । भेटमा टाेलीले स्वास्थ्य र शिक्षाका क्षेत्रमा कार्यक्रमहरु बनाउन जाेड दिएका थिए ।
गण्डकी प्रदेशका बरालले याे वर्ष अभावले सबैका गर्न नसकिएकाले अागामी वर्षकाे बजेट बनाउँदा पर्यटन, कृषि, उर्जा, स्वास्थ्यसँगै शिक्षामा बढि जाेड दिने बताए। प्रदेशमा एक किसिमकाे याेजना बैंक बनाएर लगानी सम्मेलन गर्ने प्रदेश सरकारकाे याेजना रहकाे उनले सुनाए ।
काेराेनाबाट थला परेकाे व्यावसायका लागि सहुलियत ऋणमा ध्यान दिएकाे अर्थमन्त्री बरालकाे भनाइ छ । टोलीमा निगमका म्यानेजर क्रियटीङ मार्केट एड्भाइजरी सेल्मा, आई.एफ.सी. नेपाल प्रमुख बाबाकार, अप्रेसन अफिसर असिम नेपाल, कन्ट्री अफिसर सन्तोष पाण्डे र अप्रेसन अफिसर रेहाना रब्बानी सहभागी थिए । साथै कार्यक्रममा अर्थ मन्त्रालयका अर्थ सचिव बैकुण्ठ अर्याल, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी विकास थापा मगर लगायत उपस्थित थिए ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…