आजबाट रानीमहलमा संजय मेमोरियल राष्ट्रिय महिला “बिच “भलिबल प्रतियोगिता

पाल्पा, २४ चैत ।
पाल्पाको ऐतिहासिक र पर्यटकिय गन्तव्य रहेको रानीमहलको काखमा सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उद्घाटन हुँदै छ । चैत २४ देखि २६ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशसहित नौ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएका छन ।

प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै विभागीय टोलीहरू नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बिच भलिबलमा भाग लिने सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।

प्रतियोगिताका लागि रानीमहलको काखमा बिच भलिबलको कोर्ट तयार भएको उनले बताइन् । पाल्पामा पहिलो पटक हुन लागेको बिच भलिबलको तयारी पूरा भएको छ । रानीमहलको काखमा कोर्ट तयार भएकाले सुन्दर र आकर्षण हुनेछ । प्रतियोगिताका लागि खेलाडीहरू पाल्पा आइसकेका छन ।

बिच भलिबलका लागि नेपाल पुलिस क्लबबाट कमला पुन र मनिसा कुमारी चौधरीको जोडी रहेका छन् । यस्तैी एपीएफ क्लबबाट रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी रहेका छन् । त्यस्तै, प्रदेश १ बाट अञ्जना लिम्बु र प्राशी गौतमको जोडी रहेका छन् । मधेस प्रदेशबाट नेहाकुमारी चौधरी र सविनाकुमारी चौधरीको जोडी रहने आयोजकले जानकारी दिए ।

बागमती प्रदेशबाट रोजीना कुमाल र मोनीका महतोको जोडीले प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिमबाट भागिरथी जोशी र बबिता बोहोराले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्रदेशबाट आहाराकुमारी शाही र हीरा जैसीको जोडी छ । लुम्बिनी प्रदेशबाट भावना डाँगी र सरस्वती कट्टेल रहेका छन् । गण्डकी प्रदेशबाट पवित्रा बिसी र रेवीना घर्ती मगर रहेको नेपाल भलिबल संघका प्रदेश १ का महासचिव लेखनाथ पराजुलीले जानकारी दिए ।

गर्विलो इतिहास बोकेको पाल्पा जिल्लाकालागि एउटा थप ऐतिहासिक इभेन्ट राष्ट्रियस्तरको महिला विच भलिवल प्रतियोगिता भएको नायक धीरेन शाक्यले बताए । विच भलिवलको इतिहास नेपालमा छोटो भएतापनि हालसम्मका प्रयास र प्रयत्नहरुले यस खेलको भविष्य उज्वल छ भन्ने देखिएको उनले बताए । ‘सम्भावनालाई मध्यनजर राखेर प्रतिष्ठानले शालिग्राम पाइने नदी कालिगण्डकी र किनारमा रहेको रानीमहलको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकिय महत्वलाइ थप उजागर गर्न प्रतियोगिता आयोजना गरेकोमा खुसी लागेको छ ।

नायक शाक्यले भने ।
पाल्पा र छिमेकको विकासमा खेल पर्यटनको योगदान पुग्ने लक्ष्य लिएर यही क्षेत्र छनोट गरेकामा खुसी लागेको सञ्जय स्मृति प्रतिष्ठानका सल्लाहकार अशोकमान महर्जनले बताए । उनले यो प्रारम्भवाट यस क्षेत्रको दिगो विकासमा प्रभाव पार्ने विश्वास रहेको बताए ।  बिजेता पहिलो हुनेले नगद १ लाखका साथै ट्रफी,मेडल तथा प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले नगद ५० हजार र ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन् । सहभागी खेलाडीहरुलाई आतेजाते यातायात खर्च, खाने बस्नेका साथै केही रकमसमेत दिइने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीका लागि नगद ३५ हजारका साथै ट्रफी, मेडल तथा प्रमाण पत्र रहेको छ ।

प्रतियोगिता सञ्चालकालागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा, एसियन रेफ्री क्याण्डीडेट विजय केसी र विकास गुरुङ रहेका छन् । पाल्पा रुपन्देही र कास्की जिल्लाका राष्ट्रिय रेफ्रीहरुका साथै पाल्पा जिल्लाका प्रादेशिक रेफ्रीहरु रहने सल्लाहकार तथा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले बताए ।

प्रतियोगिता विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लिग कम नकआउटका आधारमा हुनेछ । सहभागि सम्पुर्ण खेलाडीहरुका लागि २ लाख बरावरको बिमा गरिएको छ । सहभागि सम्पूर्ण खेलाडीकालागि खेल पोशाक दिइने छ ।

प्रतियोगिता सम्पन्न गर्न लुम्विनी मेडिकल कलेज पाल्पा, श्रीनगर होटल पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालि, नेपाल खेलकुद पत्रकार मञ्च, डिजी प्रिन्टले सहकार्य गरेका छन् । संघीय युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद् परिषद्, नेपाल भलिवल संघ, तानसेन नगरपालिका, वगनासकाली गापा, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, पाल्पाली ढाका संघ, होटल संघ पाल्पा, तानसेन गुठी काठमाण्डौ, पाल्पाली संगम काठमाण्डौ लगायतको साथ सहयोग रहेको छ ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago