आजबाट रानीमहलमा संजय मेमोरियल राष्ट्रिय महिला “बिच “भलिबल प्रतियोगिता

पाल्पा, २४ चैत ।
पाल्पाको ऐतिहासिक र पर्यटकिय गन्तव्य रहेको रानीमहलको काखमा सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको उद्घाटन हुँदै छ । चैत २४ देखि २६ गतेसम्म हुने प्रतियोगितामा सातै प्रदेशसहित नौ टिमले प्रतिस्पर्धा गर्ने आयोजकले जानकारी दिएका छन ।

प्रदेश १, मधेस, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै विभागीय टोलीहरू नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले बिच भलिबलमा भाग लिने सञ्जय मेमोरियल फाउन्डेसनकी अध्यक्ष तथा नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्केले जानकारी गराइन् ।

प्रतियोगिताका लागि रानीमहलको काखमा बिच भलिबलको कोर्ट तयार भएको उनले बताइन् । पाल्पामा पहिलो पटक हुन लागेको बिच भलिबलको तयारी पूरा भएको छ । रानीमहलको काखमा कोर्ट तयार भएकाले सुन्दर र आकर्षण हुनेछ । प्रतियोगिताका लागि खेलाडीहरू पाल्पा आइसकेका छन ।

बिच भलिबलका लागि नेपाल पुलिस क्लबबाट कमला पुन र मनिसा कुमारी चौधरीको जोडी रहेका छन् । यस्तैी एपीएफ क्लबबाट रेश्मा भण्डारी र निरुता ठगुन्नाको जोडी रहेका छन् । त्यस्तै, प्रदेश १ बाट अञ्जना लिम्बु र प्राशी गौतमको जोडी रहेका छन् । मधेस प्रदेशबाट नेहाकुमारी चौधरी र सविनाकुमारी चौधरीको जोडी रहने आयोजकले जानकारी दिए ।

बागमती प्रदेशबाट रोजीना कुमाल र मोनीका महतोको जोडीले प्रतिस्पर्धा गर्नेछन् । सुदूरपश्चिमबाट भागिरथी जोशी र बबिता बोहोराले प्रतिस्पर्धा गर्नेछन् । कर्णाली प्रदेशबाट आहाराकुमारी शाही र हीरा जैसीको जोडी छ । लुम्बिनी प्रदेशबाट भावना डाँगी र सरस्वती कट्टेल रहेका छन् । गण्डकी प्रदेशबाट पवित्रा बिसी र रेवीना घर्ती मगर रहेको नेपाल भलिबल संघका प्रदेश १ का महासचिव लेखनाथ पराजुलीले जानकारी दिए ।

गर्विलो इतिहास बोकेको पाल्पा जिल्लाकालागि एउटा थप ऐतिहासिक इभेन्ट राष्ट्रियस्तरको महिला विच भलिवल प्रतियोगिता भएको नायक धीरेन शाक्यले बताए । विच भलिवलको इतिहास नेपालमा छोटो भएतापनि हालसम्मका प्रयास र प्रयत्नहरुले यस खेलको भविष्य उज्वल छ भन्ने देखिएको उनले बताए । ‘सम्भावनालाई मध्यनजर राखेर प्रतिष्ठानले शालिग्राम पाइने नदी कालिगण्डकी र किनारमा रहेको रानीमहलको ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकिय महत्वलाइ थप उजागर गर्न प्रतियोगिता आयोजना गरेकोमा खुसी लागेको छ ।

नायक शाक्यले भने ।
पाल्पा र छिमेकको विकासमा खेल पर्यटनको योगदान पुग्ने लक्ष्य लिएर यही क्षेत्र छनोट गरेकामा खुसी लागेको सञ्जय स्मृति प्रतिष्ठानका सल्लाहकार अशोकमान महर्जनले बताए । उनले यो प्रारम्भवाट यस क्षेत्रको दिगो विकासमा प्रभाव पार्ने विश्वास रहेको बताए ।  बिजेता पहिलो हुनेले नगद १ लाखका साथै ट्रफी,मेडल तथा प्रमाण पत्र पाउनेछन् भने दोस्रो हुनेले नगद ५० हजार र ट्रफी,मेडल तथा प्रमाण पत्र पाउने छन् । सहभागी खेलाडीहरुलाई आतेजाते यातायात खर्च, खाने बस्नेका साथै केही रकमसमेत दिइने आयोजकले जनाएको छ । उत्कृष्ट खेलाडीका लागि नगद ३५ हजारका साथै ट्रफी, मेडल तथा प्रमाण पत्र रहेको छ ।

प्रतियोगिता सञ्चालकालागि अन्तर्राष्ट्रिय भलिबल रेफ्री गौतम प्रसाद लासिवा, एसियन रेफ्री क्याण्डीडेट विजय केसी र विकास गुरुङ रहेका छन् । पाल्पा रुपन्देही र कास्की जिल्लाका राष्ट्रिय रेफ्रीहरुका साथै पाल्पा जिल्लाका प्रादेशिक रेफ्रीहरु रहने सल्लाहकार तथा पाल्पाली संगमका अध्यक्ष पदम न्यौपानेले बताए ।

प्रतियोगिता विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लिग कम नकआउटका आधारमा हुनेछ । सहभागि सम्पुर्ण खेलाडीहरुका लागि २ लाख बरावरको बिमा गरिएको छ । सहभागि सम्पूर्ण खेलाडीकालागि खेल पोशाक दिइने छ ।

प्रतियोगिता सम्पन्न गर्न लुम्विनी मेडिकल कलेज पाल्पा, श्रीनगर होटल पाल्पा, श्रीनगर यातायात सेवा कम्पनी प्रालि, नेपाल खेलकुद पत्रकार मञ्च, डिजी प्रिन्टले सहकार्य गरेका छन् । संघीय युवा तथा खेलकुद मन्त्रालय, प्रदेश खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद् परिषद्, नेपाल भलिवल संघ, तानसेन नगरपालिका, वगनासकाली गापा, उद्योग वाणिज्य संघ, पाल्पा व्यापार संघ, पाल्पाली ढाका संघ, होटल संघ पाल्पा, तानसेन गुठी काठमाण्डौ, पाल्पाली संगम काठमाण्डौ लगायतको साथ सहयोग रहेको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago