पाल्पाका सबै स्थानीय तहहरुमा पाँच दलिय गठबन्धन

पाल्पा, २४ चैत । आउँददो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाल्पाका सबै स्थानीय तहहरुमा पाँच दलिय गठबन्धनले सहकार्य गर्ने निर्यण गरेका छन् ।

गठबन्धनको तानसेनमा बसेको संयुक्त बैठकले स्थानीयतह चुनावका लागि नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय संयुक्त संयन्त्र गठन गरेको छ। संयुक्त संयन्त्र समितिको सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल), राष्ट्रिय जनमोर्चा  पाल्पाका अध्यक विशाल दर्लामी र जनता समाजवादी पार्टीका पाल्पा अध्यक्ष मेयरमान राना रहेका छन्। यस्तै चुनावी तालमेललाई सफल बनाउन आवश्यक परामर्श छलफल तथा संवादको लागि पाँच दलबाट तीनतीन जना सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्यण गरेको छ।

चैत्र २५ गतेसम्म गठबन्धन दलहरुले आआफ्नो किसिमले तयारीमा जुटुने, आगामी बैठकमा प्रत्येक वडावडाको गठबन्धनको अबस्थाबारे जानकारी गराउने, जिल्लाको राजनीतिक अवस्था अनुसार, पालिकामा गठबन्धन दलको जनमतको आधारमा उम्मेदवारीको टुङ्गो लगाईने नवगठित संयुक्त संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले बताए । पाल्पामा १० वटा स्थानीय तहका ८१ वटा वडामा रहेका छन ।

bhabindra gautam

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago