पाल्पा, २४ चैत । आउँददो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि पाल्पाका सबै स्थानीय तहहरुमा पाँच दलिय गठबन्धनले सहकार्य गर्ने निर्यण गरेका छन् ।
गठबन्धनको तानसेनमा बसेको संयुक्त बैठकले स्थानीयतह चुनावका लागि नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापती हिमालदत्त श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय संयुक्त संयन्त्र गठन गरेको छ। संयुक्त संयन्त्र समितिको सदस्यमा नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक नेत्रप्रसाद पाण्डे, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डे (कमल), राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक विशाल दर्लामी र जनता समाजवादी पार्टीका पाल्पा अध्यक्ष मेयरमान राना रहेका छन्। यस्तै चुनावी तालमेललाई सफल बनाउन आवश्यक परामर्श छलफल तथा संवादको लागि पाँच दलबाट तीनतीन जना सदस्य रहने गरी कार्यदल गठन गर्ने निर्यण गरेको छ।
चैत्र २५ गतेसम्म गठबन्धन दलहरुले आआफ्नो किसिमले तयारीमा जुटुने, आगामी बैठकमा प्रत्येक वडावडाको गठबन्धनको अबस्थाबारे जानकारी गराउने, जिल्लाको राजनीतिक अवस्था अनुसार, पालिकामा गठबन्धन दलको जनमतको आधारमा उम्मेदवारीको टुङ्गो लगाईने नवगठित संयुक्त संयन्त्रका संयोजक हिमालदत्त श्रेष्ठले बताए । पाल्पामा १० वटा स्थानीय तहका ८१ वटा वडामा रहेका छन ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…