समाजवादीको पोलिटब्यूरो बैठक , कस कसले के भने!

काठमाडौं: नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्यूरो बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रतिवेदनमा ३७ सदस्यले टिप्पणी गरेका छन् । आगामी बुधबार र बिहीबार बस्ने केन्द्रीय कमिटी बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सोमबारको पोलिटब्यूरो बैठकमा छलफल भएको नेतृ दिलु पन्तले नयाँ पत्रिकालाई जानकारी दिइन ।
बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिवेश, आगामी निर्वाचन, संगठन विस्तारलगायतका विषय समेटिएको प्रतिवेदन पेश गरेका थिए । प्रतिवेदनमाथि टिप्पणी गर्दै सदस्यहरूले संगठनलाई व्यवस्थित गर्न पार्टी तथा जनवर्गीय संगठन सवैलाई सक्रिय बनाउनुपर्नेमा जोड दिएका छन् ।
एमसिसीबारे मतभेद भएपनि पार्टी निर्णयलाई आत्मसात गर्दैं अगाडि बढ्नुपर्ने सदस्यहरूले बताएका छन् । पोलिटब्यूरो सदस्यको सुझावको आधारमा अध्यक्षले राजनीतिक प्रतिवेदन परिमार्जनसहित केन्द्रीय कमिटी बैठकमा पेश गर्ने पन्तले जानकारी दिइन ।
बैठकमा नेपालले पार्टीले सुझबुझपूर्ण निर्णय गरेको, देश र जनताको हितलाई केन्द्रमा राखेर निर्णय लिएको बताएका थिए । गठबन्धन बनाउन र निरन्तरता दिन पार्टीले खेलेको भूमिकाबारे नेपालले चर्चा गरेका थिए ।
पार्टीको संगठनात्मक अवस्था, एमसीसी पारित गर्नुपर्नाका कारण, पछिल्ला घटनाक्रम र विवरणहरू समेटिएको अध्यक्षको प्रतिवेदनमाथि सदस्यहरूले सुझाव दिएसँगै पोलिटब्यूरो बैठक सम्पन्न भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago