जाने होइनत , नेपालमै बन्यो सिसैसिसाको पुल

काठमाडौं: नेपालमै साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तब्य पर्वत जिल्लाको सदरमुकाम कुस्मा कालीगण्डकी नदीमाथि सिसैसिसाबाट बनाइएको स्काई ब्रिज सञ्चालनमा आएको छ।

हार्नेस जिपलाइन प्रालिले जिपलाइन नजिकै बनाएको सिसाको स्काई ब्रिज सोमबारदेखि ब्यवसायीक रुपमै खुल्ला गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेत बताए।‘अब सिसाको पुलमा रमाउन चीनमा जानुपदैन्,‘पर्यटकको सुरक्षालाई ध्यानमा राखेर सिसा पनि बलियो बनाइएको छ’ निर्देशक बस्नेतले भने।उनका अनुसार कालिगण्डकी नदीबाट २ सय ५० मिटर माथि भिरमा रहेको ब्रिजमा एकपटकमा ५० जनाले अवलोकन गर्न मिल्छ।

चीनको हेनान र हुनान प्रान्तका पर्यटकीय स्थलमा विश्वभरबाट पुग्ने अधिकांसको रोजाई नै सिसाको पुल भएको अवस्थामा सिसाबाट बनेको हुनाले नै रोमाञ्चक अनुभव पाउन स्थानीय तथा अन्तराष्ट्रिय पर्यटकहरूको घुइँचो पर्वतमा लाग्ने हार्नेस जिपलाइन प्रालिले जनाएको छ। जिपलाइनमा देखिएको आर्कषणसँगै पर्यटकको आकर्षणको लागि मुटु–कमाउने स्काई ब्रिजमा समेत पर्यटकको थामिनसक्नु भिड हुने निर्देशक बस्नेतको भनाई छ।

स्काई ब्रिजमा पुगेका पर्यटकले तल हेर्दा डर लाग्ने भएपनि केही समयपछि डर भगाउने बताए। स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ।

यता प्रालिद्धारा ‘सुपरम्यान’ शैलीको विश्वकै दोस्रो दाबी गरिएको‘हार्नेश जिपलाइन’मा ८० नाघेका बृद्धबृद्धाले समेत अनुभव लिने गरेका छन्। कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको करिब १६ सय मिटरको दूरी पार गर्दा पवित्र कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्ने गरी बनाइएको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ।

यो जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलोसम्म तौल धान्न सक्ने प्रालिले जनाएको छ। नेपालमा हालसम्म ‘सुपरम्यान’ शैलीको जिपलाइन नभएको र कालीगण्डकी नदीमाथि बनेका कारण पनि पर्वतको जिपलाइनमा पर्यटकहरूको आगमन राम्रो रहेको कम्पनीका अध्यक्ष विदुर पौड्यालले बताए । विगतमा अग्ला पुलहरू हेर्न पर्वतमा आउने पर्यटक अहिले पर्वतमा बन्जीजम्प, विश्वकै अग्लो स्विङ, क्यानोनिङ, जिपलाइन लगायत साहसिक गतिविधिमा रमाइरहेका छन्।

मुलुककै चर्चित र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएका नेपालका सबै पर्यटकीस्थलहरुलाई पर्वतले उछिनेको छ। साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकले कुस्मा आसपासका क्षेत्रमा दिनभरी विताउँदा समेत समय अपुग हुने गरी नयाँ–नयाँ खेल थपिएको छ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago