जाने होइनत , नेपालमै बन्यो सिसैसिसाको पुल

काठमाडौं: नेपालमै साहसिक पर्यटनका लागि उत्कृष्ट गन्तब्य पर्वत जिल्लाको सदरमुकाम कुस्मा कालीगण्डकी नदीमाथि सिसैसिसाबाट बनाइएको स्काई ब्रिज सञ्चालनमा आएको छ।

हार्नेस जिपलाइन प्रालिले जिपलाइन नजिकै बनाएको सिसाको स्काई ब्रिज सोमबारदेखि ब्यवसायीक रुपमै खुल्ला गरिने कम्पनीका निर्देशक राजकुमार बस्नेत बताए।‘अब सिसाको पुलमा रमाउन चीनमा जानुपदैन्,‘पर्यटकको सुरक्षालाई ध्यानमा राखेर सिसा पनि बलियो बनाइएको छ’ निर्देशक बस्नेतले भने।उनका अनुसार कालिगण्डकी नदीबाट २ सय ५० मिटर माथि भिरमा रहेको ब्रिजमा एकपटकमा ५० जनाले अवलोकन गर्न मिल्छ।

चीनको हेनान र हुनान प्रान्तका पर्यटकीय स्थलमा विश्वभरबाट पुग्ने अधिकांसको रोजाई नै सिसाको पुल भएको अवस्थामा सिसाबाट बनेको हुनाले नै रोमाञ्चक अनुभव पाउन स्थानीय तथा अन्तराष्ट्रिय पर्यटकहरूको घुइँचो पर्वतमा लाग्ने हार्नेस जिपलाइन प्रालिले जनाएको छ। जिपलाइनमा देखिएको आर्कषणसँगै पर्यटकको आकर्षणको लागि मुटु–कमाउने स्काई ब्रिजमा समेत पर्यटकको थामिनसक्नु भिड हुने निर्देशक बस्नेतको भनाई छ।

स्काई ब्रिजमा पुगेका पर्यटकले तल हेर्दा डर लाग्ने भएपनि केही समयपछि डर भगाउने बताए। स्काई ब्रिजको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ।

यता प्रालिद्धारा ‘सुपरम्यान’ शैलीको विश्वकै दोस्रो दाबी गरिएको‘हार्नेश जिपलाइन’मा ८० नाघेका बृद्धबृद्धाले समेत अनुभव लिने गरेका छन्। कालीगण्डकी नदीको सतहदेखि झन्डै दुई सय ५० मिटरको उचाइबाट सुरु हुने जिपलाइनको करिब १६ सय मिटरको दूरी पार गर्दा पवित्र कालीगण्डकी नदीलाई दुई ठाउँमा ‘क्रस’ गर्ने गरी बनाइएको छ। क्लासिक जिपलाइनमा कुर्सीमा बसेजस्तै गरेर डोरीमा बगिन्छ भने घोप्टो सुतेर गन्तव्यमा पुगिन्छ।

यो जिपलाइनमा एकै पटकमा दुई जना सँगै झुन्डिन मिल्छ भने जिपलाइनमा प्रयोग हुने डोरीले एक पटकमा दुई हजार किलोसम्म तौल धान्न सक्ने प्रालिले जनाएको छ। नेपालमा हालसम्म ‘सुपरम्यान’ शैलीको जिपलाइन नभएको र कालीगण्डकी नदीमाथि बनेका कारण पनि पर्वतको जिपलाइनमा पर्यटकहरूको आगमन राम्रो रहेको कम्पनीका अध्यक्ष विदुर पौड्यालले बताए । विगतमा अग्ला पुलहरू हेर्न पर्वतमा आउने पर्यटक अहिले पर्वतमा बन्जीजम्प, विश्वकै अग्लो स्विङ, क्यानोनिङ, जिपलाइन लगायत साहसिक गतिविधिमा रमाइरहेका छन्।

मुलुककै चर्चित र उत्कृष्ट पर्यटकीय गन्तव्यका रूपमा चिनिएका नेपालका सबै पर्यटकीस्थलहरुलाई पर्वतले उछिनेको छ। साहसिक पर्यटनमा रुचि राख्ने पर्यटकले कुस्मा आसपासका क्षेत्रमा दिनभरी विताउँदा समेत समय अपुग हुने गरी नयाँ–नयाँ खेल थपिएको छ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago