युक्रेन: युक्रेनमा २४ फेब्रुअरीको हमला पछि रूससँग पश्चिमी देशहरूले धेरै आर्थिक प्रतिबन्ध लगाए र यो निरन्तर बढ्दै गएको छ । यी देशको प्रयास छ कि रूसको अर्थतन्त्रमा गहिरो चोट पुर्याएर उसलाई रोकौं ।

तर, रुसले पश्चिमा देशहरुले प्रतिबन्ध लगाउँछ भन्ने पहिले नै अन्दाज गरेर त्यसको तयारी पूरा गरेकाे थियाे । यसको लागि रुसलाई चीनले ठूलो सहयोग गरेको विगत केही वर्षहरुको तथ्यांकले देखाउँछ ।
चीनले डिसेम्बर २०२१ देखि नै रुसबाट तेल खरिद दर बढाएकाे थियाे । न्यूयोर्क टाइम्सको एक रिपोर्टले चीनको तेल खरिद दर साउदी अरबबाट हुने खरिद भन्दा पनि बढेर पहिलो नम्बरमा पुगेको छ । रूसले युक्रेनलाई हमला गर्नु ६ दिन अगाडि मात्रै चीनलाई १० करोड टन कोइला बेच्ने डीलको घोषणा भएको थियो । यसको अतिरिक्त युक्रेनमा बमबारीबाट केही घण्टा पहिले मात्रै चीनले रूसको गहुँ खरिद गर्न सहमत भएकाे थियाे।

रूस–चीन सम्बन्ध

चीन र रूसको सम्बन्ध बुझ्न १९५० तिर फर्कनु पर्ने हुन्छ, त्यसबेला चीनको माओत्सेतुंगले रूसको जोसेफ स्टालिन र खुश्चेभसँग मिलेर काम गरेका थिए । बेइजिङस्थिति रनमिन युनिभर्सिटीमा इन्टरनेशनल रिलेशन्सको प्रोफेसर शी यिनहोंगले भने, ‘अहिलेसम्म शक्ति केन्द्रित भएर रुसी विस्तारवाद र चीनको आर्थिक र वित्तीय सहायता दुवैको शुरुवात हो । चीनले कुनै पनि विस्तारवादको समर्थन गर्छ भन्नुको तात्पर्य यो हो कि बेइजिङ दृढताका साथ मस्कोको साथमा रणनीतिक साझेदारी निर्माणको आवश्यकता महसुस गरेको छ ।’

नयाँ उचाइमा पुग्यो चीन र रूसको व्यापार

चीन र रूसले लगभग २७ सय माइलको बोर्डर शेयर गर्दछ । चीन विगत केही वर्षदेखि रूसको आयातमा सबैभन्दा ठूलो स्रोत बनेर अगाडि बढेको छ । त्यसैगरी चीनसँग रूसको निर्यात पनि बढेको छ। ग्लोबल टाइम्सको एक रिपोर्ट अनुसार २०२१ मा चीन विगत १२ वर्षदेखि रूसको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको छ । गत वर्ष दुई देशबीचको द्विपक्षीय व्यापार १४६.९ अर्ब डलरको नयाँ उचाइमा पुग्यो । दुई देशबीचको वार्षिक वृद्धिदर ३५.९ प्रतिशत रहेको छ । चीन इलेक्ट्रोनिक्स, मेशिनरी र अन्य मनुफ्याक्चरिङ गुड्सको विश्वको सबैभन्दा ठूलो उत्पादक हो । खाद्यान्न र ऊर्जाको बदलामा रूसलाई चीनले यी सामानहरुको आपूर्ति गर्छ ।

२०० देखि २५० डलरको व्यापार लक्ष्य

२०१४ मा जब रूसले युक्रेनको क्रिमिया कब्जा गर्यो, त्यसबेला पनि रुसलाई प्रतिबन्ध लगाइएको थियो। प्रतिबन्धको बाबजुद पनि रूस–चीनबीचको द्विपक्षीय व्यापार ५० प्रतिशत भन्दा बढीले बढ्यो । चीन रूसको सबैभन्दा ठूलो निर्यात गन्तव्य बन्यो । दुबै देशको लक्ष्य सन् २०२४ सम्म कुल व्यापार २०० अरब डलर पुर्याउने थियो, तर केही महिना अघि रुसी राष्ट्रपति भ्लादिमीर पुटिन विन्तर ओलंपिकको क्रममा चीनको यात्रामा जाँदा नयाँ लक्ष्य घोषणा भएको थियो । अब दुवै देशले द्विपक्षीय व्यापारको लक्ष्य २५० अर्ब डलर तय गरेका छन् ।

तेल, ग्याँस र कोइलाको ठूलो आपूर्तिकर्ता

पछिल्लो वर्ष चीनले रूसको प्रतिदिन औसत १.५९ मिलियन ब्यारेल तेल आयात ग¥यो । यो कूल चिनियाँ आयातको १५.५ प्रतिशत हो । रूस चीनको तेस्रो नम्बरको ग्याँस निर्यातकर्ता हो । रूसले सन् २०२१ मा चीनलाई १६.५ अरब क्युबिक मीटर (बीसीएम) इन्धन निर्यात गर्यो । यो चिनियाँ मागको ५ प्रतिशत हो । सन् २०२१ मा रूस चीन दोस्रो नम्बरको कोल निर्यातकर्ता पनि हो ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago