जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो

काठमाडौँ: वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका फेरान टोरेस र मेम्फिस डिपाएले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगामा इल्चेविरुद्ध २-१ अन्तरको पुनरागमन जित निकालेको छ ।

आइतबार राति घरेलु मैदानमा इल्चेका फिडेलले ४४औँ मिनेटमा गोल गरेपछि भ्रमणकारी टोली क्याटलान क्लब बार्सिलोना दबाबमा आएको थियो ।

तर, टोरेसले जोर्डी अल्बाको पास सदूपयोग गर्दै ६०औँ मिनेटमा खेल बराबरीमा ल्याए । डिपाएले पाएको पेनाल्टी सदुपयोग गर्दै खेल सकिन ६ मिनेट अघि विजयी गोल गरे ।

जितसँगै बार्सिलोना २६ खेलबाट ४८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित इल्चे २७ खेलबाट २९ अंकसहित १४औं स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-१ अन्तरले पराजित गरेकाे छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago