बेनिशा र तेजको ‘प्रेमगञ्ज’ भदौ ३ मा प्रदर्शन

काठमाडौँ– चलचित्र ‘प्रेमगञ्ज’ ले प्रदर्शन मिति घोषणा गरेको छ। चलचित्र २०७९ साल भदौ ३ गतेबाट सिनेमा प्रदर्शनमा आउने घोषणा भएको हो।

निर्माण टोलीले भिडियो सार्वजनिक पनि गरेको छ । चलचित्रको सार्वजनिक भिडियोमा नीर शाह, विकासराज आचार्य, नरेन्द्र महर्जन, छबी ओझा, दिपेन्द्र के खनाल लगायतका व्यक्तिले चलचित्रलाई सिनेमालाई दिएको शुभकामना सहित प्रदर्शन मिति घोषणा गरिएको छ ।

परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको चलचित्रबाट तेज गिरीले डेब्यु गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाबाहेक चलचित्रमा सम्पदा बानियाँ पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का लगायतका कलाकारको अभिनय रहेको छ । सुप्रिया, प्रशान्त, सिमरन अडिसनबाट छानिएका हुन् । चलचित्रमा नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय रहेको छ ।

राजु फुयालको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा निर्माण गरिएको हो । चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको चलचित्रको बजेट डेढ करोड दाबी गरिएको छ ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago