काठमाडौं: अभिनेत्री नम्रता सापकोटा धमाधम म्युजिक भिडियोमा काम गरिरहेकी छन् । यसबाहेक उनी चलचित्रमा पनि काम गरिरहेकी छन् । लकडाउनको समयमा चलचित्रको काम ठप्प भएपछि अन्य कलाकारजस्तै नम्रताको पनि म्युजिक भिडियो नै सहारा बनेको छ ।
नम्रताले अन्तराल, छक्का पञ्जा, समर लभ, ब्रासलेट जस्ता चलचित्रमा काम गरेपनि अपेक्षित सफलता भने हात पार्न सकेकी छैनन् । तर, नम्रता भने आफूले पाएको कुरामा नै आफूखुसी रहेको बताउँछिन् । उनले भनिन्, ‘मैले जति पाउनुपर्ने हो, त्यति पाएकी छु । यसैले म सफलता र असफलताको मापन नै गर्दिनँ ।’
नम्रताले आफूले करिअरमा केही राम्रा प्रोजेक्ट छाडेकोमा भने पश्चाताप लाग्ने गरेको बताइन् । ‘तर, मैले केही राम्रा चलचित्र छाडें । ती चलचित्रहरु सुपरहिट भए । एउटा चलचित्र हिउँमा छायांकन गर्नुपर्छ भनेर मैले काम गरिनँ । यस्ता केही प्रोजेक्ट छाडेकोमा पश्चाताप छ,’ उनले भनिन् ।
उनले कुनै पनि कामलाई सानो र ठूलो भनेर छुट्याउन नहुने पाठ आफूले जीवनमा सिकेको बताइन् । नम्रताले अगाडि भनिन्, ‘लकडाउनको समयमा काम नै नहुँदा कसैले अफर गरिदिएपनि हुन्थ्यो जस्तो लाग्थ्यो । त्यतिबेला मलाई महसुस भयो काम भनेको सानो र ठूलो भन्न नहुने रहेछ ।’
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…
शपथथग्रहण समारोहपछि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की उनका श्रीमान दुर्गा सुवेदी, हामी नेपाल अभियानका सुदन गुरुङ…
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…
२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…
नेपाली सेनाले कर्फ्यू आदेश भोलि बिहान ६ बजेसम्म जारी रहने बताएको छ । आज एक…