केटाहरुबाट बचाउन, अबिवाहित १९ वर्षीया छोरीलाई ३ महिने सुई

काठमाडौं । रोल्पा थवाङ्की १९ वर्षीया यु वती इस्मीता थापामगर (थर उही नाम परिवर्तित)ले पाँच वर्षदेखि लगातार तीन महिने संगीनी सुई लगाउदै आएकी छन् ।
नियत ठीक नभएका पुरुषहरुबाट जोगाउन ती युवतीलाई उनकै परिवारले गर्भ नि रोधक सुई लगाउने गरेको हो ।
मानसिक रुपमा अ पा ङ्ग ता भएकी इस्मीता अबिवाहित युवती हुन् । मनस्थिती स्थीर नभएका कारण ती युवती आफूखुसी बाहीर हिड्न थालेपछि बा ध्य ताले अबिवाहित छोरीको शरिरमा ग र्भ नि रो ध क सुई प्रयोग गर्नुपरेको आमा बताउछिन् । इस्मीताको परिवारले अरुकै घरमा मजदुरी गरेर रोजीरोटी गर्दै आएको छ ।
‘म बिहानैदेखि दिनभरी काममा जान्छु’ इस्मीताकी आमाले भनिन्, ‘बेलुका घरमा आउदा छोरी हुदीनन् ।’ छोरी खोज्दै गाउँभरी चहार्नुपर्ने र यस्तो समय ‘ग ल त नियतका पुरुषबाट हुनसक्ने ख त रा टार्न सुईको साहरा लिनुपरेको आमा बताउछिन् ।
आफ्नो दिसा, पिसाप र महिनावारीसमेत सम्हाल्न नसक्ने छोरीको मन दु खा ए रै भएपनि अबिवाहित अवस्थामै तीन महिने सुई प्रयोग गराएको आमाको भनाई छ । उनको परिवारमा आमासँगै तीन सन्तान (छोरी) मात्र रहदै आएका छन् ।
अघिल्लो वर्ष एक पटक सुई लगाउन छुटेको बेला इस्मीताको पेटमा गर्भ बसेको थियो । समयमै थाहा भएकाले नजिकैको स्वास्थ्यसंस्थामा गएर गर्भ प त न गराउनुपर्ने अवस्था आएदेखि लगातार अहिलेसम्म पनि बच्चा रहन नदिने सुई लगाउदै आएको आमाले सुनाइन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago