आसन्न स्थानिय तह निर्वाचनका लागी जरोकिलोद्वारा उम्मेदवारी घोषणा

२०७८, २४ माघ सोमबार २१:४०

कैलाली, २४ माघ । मौलिक जरोकिलो पार्टी टीकापुर नगर समितिको आयोजनामा जरोकिलो महाअभियानको छैटौं स्थापना दिवस टिकापुरमा भव्यताका साथ मनाएको छ।

स्थापना दिवसको अवसरमा आयोजित वैदिक अनुष्ठान एवम् सत्सङ्गबाट पार्टीका तर्फबाट आसन्न स्थानिय तह निर्वाचनका लागि विभिन्न उम्मेदवारी घोषणा गरिएको पार्टीका नगर संयोजक द्वारिका जोशीले जानकारी दिनुभयो ।

आचार्य टिकाराम आर्यले वैदिक अनुष्ठान गराउनुभएको सत्सङ्गमा टिकापुर नगर प्रमुखमा पुर्व शिक्षक राजु कुमार बिष्ट, उप प्रमुखमा हिरा देवी थारु र वडा नम्बर -४ को वडाध्यक्षमा उर्मिला चौधरीले उम्मेदवारी दिने घोषणा गरिएको हो।

“नयाँ कार्यको शुभारम्भ गर्ने महत्त्वपूर्ण दिनमा वैदिक अनुष्ठान गरि उम्मेदवारी घोषणा गरिएको यो नेपालमै पहिलो पटक भएको र अब टीकापुरका अन्य वडाका साथै जिल्लाका अरु स्थानीय तह र सुदूरपश्चिम प्रदेशभरी उम्मेदवारी दिने लक्ष्य अनुसार काम भैरहेको र छिट्टै सार्वजनिक गरिने “पार्टीका केन्द्रीय परिषद् सदस्य धिरेन्द्र चन्द सोडारीले बताउनुभयो ।

Comments

ताजा खबर