Kathmandu: नाच्न नजान्ने आँगन टेडो । कतिपय प्रयोग र विधीमा हामी चुकिरहेका हुन्छौ, अनि दोष चाहि अरुलाई दिइन्छ । खासगरी सौन्दर्य प्रसाधनको प्रयोगमा हामी यस्ता गल्ती दोहोर्‍याइरहेका हुन्छौ । किनभने सबैखाले सौन्दर्य प्रसाधन सबैखाले छाला, केसका लागि उपयोगी हुदैन । यो छाला तथा केसको प्रकृति अनुसार भिन्न भिन्नै गुणका हुन्छन् । एकखाले छालाको लागि अर्कोखाले प्रसाधन प्रयोग गर्दा त्यसले राम्रो नतिजा दिदैन । हामी साबुनको प्रयोग गर्छौ, नुहाउन होस् वा हात धुन । आफ्नो छालाको प्रकृति अनुसार कुन खालको साबुन प्रयोग गर्ने ? अन्य सौन्दर्य प्रसाधन जस्तै साबुन पनि भिन्न भिन्नै हुन्छ ।

१. एन्टिब्याक्टेरियल साबुन : बजारमा उपलब्ध एन्टिीब्याक्टेरियल साबुनमा ट्राइक्लोसन र ट्राइक्लोकार्बन जस्ता एन्टिब्याक्टेरियल एजेन्ट हुन्छ । यस प्रकारको साबुनको अधिक प्रयोगले तपाईको छालामा रुखोपन आउन सक्छ । तैलिया छाला भएकाहरुका निम्ति भने यो साबुन लाभदायक हुन्छ । अन्यथा यसले रुखोपना ल्याउँछ ।

२.मोश्चराइजर साबुन : रुखो छाला भएकाहरुका लागि विशेष किसिमको मोच्चराइजर साबुन बजारमा पाइन्छ । यस किसिमको साबुनमा तेल, शिया बटर, पैराफिन वाक्स, ग्लिसिरीन जस्ता कुरा प्रयोग गरिएको हुन्छ । यसले छालालाई मुलायम बनाउन सहयोग गर्छ । रुखो छाला भएकाहरुका लागि यो फाइदाजनक हुन्छ ।

३.ग्लिसरिन साबुन : ग्लिसरिनयुक्त साबुन मेडिकेटेड मोश्चराइजर साबुन हो । यो कम्बिनेसन स्किनमा सहि हुन्छ । अर्थात फुस्रो र तैलिया दुबै प्रकृतिका छालामा यसको प्रयोग गर्न सकिन्छ । साथै रुखो र संवेदनसिल छालामा पनि यो लाभदायक हुन्छ ।

४ अरोमा थेरापी साबुन : यस किसिमको साबुनमा एन्सिशिअल आयल र सुगन्धित फूलको मिश्रण हुन्छ । यसले आरमदायक, शान्त, प्रशन्न र तनावमुक्त राख्न सहयोग गर्छ । यो कम्बिनेसन स्किनको लागि लाभदायक हुन्छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago