Kathmandu: नाच्न नजान्ने आँगन टेडो । कतिपय प्रयोग र विधीमा हामी चुकिरहेका हुन्छौ, अनि दोष चाहि अरुलाई दिइन्छ । खासगरी सौन्दर्य प्रसाधनको प्रयोगमा हामी यस्ता गल्ती दोहोर्‍याइरहेका हुन्छौ । किनभने सबैखाले सौन्दर्य प्रसाधन सबैखाले छाला, केसका लागि उपयोगी हुदैन । यो छाला तथा केसको प्रकृति अनुसार भिन्न भिन्नै गुणका हुन्छन् । एकखाले छालाको लागि अर्कोखाले प्रसाधन प्रयोग गर्दा त्यसले राम्रो नतिजा दिदैन । हामी साबुनको प्रयोग गर्छौ, नुहाउन होस् वा हात धुन । आफ्नो छालाको प्रकृति अनुसार कुन खालको साबुन प्रयोग गर्ने ? अन्य सौन्दर्य प्रसाधन जस्तै साबुन पनि भिन्न भिन्नै हुन्छ ।

१. एन्टिब्याक्टेरियल साबुन : बजारमा उपलब्ध एन्टिीब्याक्टेरियल साबुनमा ट्राइक्लोसन र ट्राइक्लोकार्बन जस्ता एन्टिब्याक्टेरियल एजेन्ट हुन्छ । यस प्रकारको साबुनको अधिक प्रयोगले तपाईको छालामा रुखोपन आउन सक्छ । तैलिया छाला भएकाहरुका निम्ति भने यो साबुन लाभदायक हुन्छ । अन्यथा यसले रुखोपना ल्याउँछ ।

२.मोश्चराइजर साबुन : रुखो छाला भएकाहरुका लागि विशेष किसिमको मोच्चराइजर साबुन बजारमा पाइन्छ । यस किसिमको साबुनमा तेल, शिया बटर, पैराफिन वाक्स, ग्लिसिरीन जस्ता कुरा प्रयोग गरिएको हुन्छ । यसले छालालाई मुलायम बनाउन सहयोग गर्छ । रुखो छाला भएकाहरुका लागि यो फाइदाजनक हुन्छ ।

३.ग्लिसरिन साबुन : ग्लिसरिनयुक्त साबुन मेडिकेटेड मोश्चराइजर साबुन हो । यो कम्बिनेसन स्किनमा सहि हुन्छ । अर्थात फुस्रो र तैलिया दुबै प्रकृतिका छालामा यसको प्रयोग गर्न सकिन्छ । साथै रुखो र संवेदनसिल छालामा पनि यो लाभदायक हुन्छ ।

४ अरोमा थेरापी साबुन : यस किसिमको साबुनमा एन्सिशिअल आयल र सुगन्धित फूलको मिश्रण हुन्छ । यसले आरमदायक, शान्त, प्रशन्न र तनावमुक्त राख्न सहयोग गर्छ । यो कम्बिनेसन स्किनको लागि लाभदायक हुन्छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago