शाहरुख खानले लता मंगेशरको पार्थिव शरिरमा थुकेको बास्तविकता बल्ल बाहिरियो

Delhi: लता मंगेशकरको  अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्क मा  प्रधानमन्त्री  नरेन्द्र  मोदी  र मुख्यमन्त्री  उद्धव  ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए  शाहरुख  खान । तर उनका विषयमा ट्वीटर मा ठूलो  विवाद  निम्तिएको  छ ।बिजेपी   हरियाणाका  आइटी सेलका  प्रभावी अरुण यादवले ट्वीटले यो विवादलाई निम्त्याए को थियो । उनले  श्रद्धाञ्जलि  दिँदै   गरेका   शाहरुख खानको भिडियो सेयर गर्दै लेखे, ‘के शाहरुख खानले थुकेका हुन् ?शाह रुख  त्यहाँ  आफ्नी  सेक्रेटरी  पूजा  ददलानीसँग पुगेका थिए । एकातिर  शाहरुखका  हात  प्रार्थनाका   लागि   खुल्ला    थिए
भने पूजा  ददलानीले  हात जोडे  लतालाई  अन्तिम श्रद्धाञ्जलि दिइरहेकी  थिइन् । त्यसपछि  शाहरुख  खानले  मास्क  हटाएर फुके । उनले फुकेको  कुरालाई थुकको नाम दिएर शाहरुखलाई मानिसले ट्रोल गर्न थाले । यद्यपि, अर्को एउटा तप्काले उनको र पूजा ददलानीको  तस्बिरलाई भारतको वास्तविक अनुहार भनेर तारिफ पनि गरिरहेका थिए ।

यो  विवादमा  थुप्रै  चर्चित  अनुहार  पनि  होमिए  र शाहरुखको आलोचना गर्न थाले । शिवसेनाकी  राज्यसभा  सांस द प्रियंका चतुर्वेदीले ट्वीट  गरिन्, ‘केही मानिस न दुआका काबिल छन् न दयाका,  उनीहरुलाई दवा (औषधी) को आवश्यकता छ, मनको विष नष्ट गर्नका लागि । ’यस्तै, द वायरका संस्थापक वरिष्ठ पत्र कार सिद्धार्थ वरदराजनले लेखेका छन्,

‘यो घि’नलाग्दो ट्वीट  बिजेपीका एक अधिकारीको हो । यसमा अब कुनै  शंका  छैन कि समाजमा कस्ता मानिसले फोहोर विष फैलाइरहेका  छन् । यदि   अरुण यादव दुआसँग  अनभिज्ञ छन् भन दवा गर्नुभन्दा  अघि कसैलाई  सोध्न सक्दथे ।’जफर सुरेश वालाले लेखेका छन्, ‘केही धर्मात्मा मानिस भारतको एकताको यो सुन्दर दृश्यलाई पचाउन सकिरहेका छैन ।

साँच्चै  नै  लता मंगेशकर  ती  व्यक्ति  थिइन् जसले मानिसलाई जिउँदो  हुँदा एकताको  सूत्रमा बाँधिन् र मरेपछि पनि यस्तो गर्न जारी  राखिन् । शाहरुख खान पनि  यसैमध्ये एक हुन् ।’फिल्म निर्माता अशोक  पण्डिले  पनि शाहरुख खानको आलोचना गर्ने लाई जवाफ फर्काए । राणा सफवीले लेखेका छन्, ईश्वर अल्ला ह तेरो नाम, सबको सन्मति दे भगवान ।

’कांग्रेसकी प्रवक्ता  सुप्रिया श्रीनेत्रले पनि शाहरुख खानको पक्ष मा ट्वीट गर्र्दै उनीमाथि प्रश्न उठाउनेहरुमाथि नै प्रश्न उठाइन् ।रेडियो जकी सायमाले  लेखेकी छिन्, ‘प्रार्थना गर्दा फुक्ने परम्प रालाई  थुक भन्नेहरुको  सोच थुक्न  लायक छ । यिनीहरु विष र घृणाको खेती गर्छन् ।’

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago