काठमाडौं: जग्गा दिने लोभ देखाएर सुकुम्बासीलाई नै ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भूमि आयोगको मान्छे हुँ, जमिन दिलाई दिन्छु भनी सुकुम्बासीलाई ठगी गरेको प्रहरीले काठमाडौंबाट २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन्।
उनीहरुले काठमाडौं महानगरपालिका-१६ वसन्तनगरस्थित भेटघाट क्याफेमा सुकुम्बासीहरूलाई जग्गा दिन्छौँ भन्दै फाराम भर्न लगाएर पैसा असुलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई ठगीमा प्रयोग भएका सामानसहित पक्राउ गरेको हो। दुवैको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारम, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएका फाराम, विभिन्न ब्यक्तिको नाम र फोटो समेत राखिएका रेकर्ड फाइल, स्पिकर १ थान र मोबाइल ३ थान बरामद भएको छ।
अनुसन्धानको क्रममा भूमि आयोगले खटाएका व्यक्तिका रुपमा परिचय दिँदै उनीहरुले काठमाडौंका सुकुम्बासीलाई ४ आना जग्गाका लागि जनही ५० हजार रुपैयाँको दरले मागेको खुलेको छ। उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…