जमिन दिलाई दिन्छु भनी सुकुम्बासीलाई ठगी

काठमाडौं: जग्गा दिने लोभ देखाएर सुकुम्बासीलाई नै ठगेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। भूमि आयोगको मान्छे हुँ, जमिन दिलाई दिन्छु भनी सुकुम्बासीलाई ठगी गरेको प्रहरीले काठमाडौंबाट २ जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौंको टोखा नगरपालिका-८ बानियाँटार बस्ने झापा भद्रपुर नगरपालिका-३ घर भएका ३८ वर्षीय होमनारायण चौधरी र बूढानीलकण्ठ नगरपालिका- ४ घर भएका ४४ वर्षीय उद्धव भण्डारी छन्।

उनीहरुले काठमाडौं महानगरपालिका-१६ वसन्तनगरस्थित भेटघाट क्याफेमा सुकुम्बासीहरूलाई जग्गा दिन्छौँ भन्दै फाराम भर्न लगाएर पैसा असुलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरुलाई ठगीमा प्रयोग भएका सामानसहित पक्राउ गरेको हो। दुवैको साथबाट ल्यापटप, प्रिन्टर १ थान, ‘भूमिहीन दलित, भूमिहीन सुकुम्बासीले भर्ने निवेदन फाराम’ लेखिएको फारम, अव्यवस्थित बसोबासीले दिने निवेदनको ढाँचा लेखिएका फाराम, विभिन्न ब्यक्तिको नाम र फोटो समेत राखिएका रेकर्ड फाइल, स्पिकर १ थान र मोबाइल ३ थान बरामद भएको छ।

अनुसन्धानको क्रममा भूमि आयोगले खटाएका व्यक्तिका रुपमा परिचय दिँदै उनीहरुले काठमाडौंका सुकुम्बासीलाई ४ आना जग्गाका लागि जनही ५० हजार रुपैयाँको दरले मागेको खुलेको छ। उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago