नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने : माधव नेपाल

२४ माघ, काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गोर्खा सैनिक भर्नाबारे टुंगो गर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भूपू गोर्खा सैनिकको समस्या समाधानलाई उच्च प्राथमिकता दिनुपर्ने बताए । ‘यो ब्रिटिस सरकारले दिने पेन्सन र अरु सुविधाको कुरा मात्र होइन,’ उनले भने, ‘गोर्खा सैनिकको भर्नाबारे पनि टुंगो गर्नुपर्छ ।’

जुन देशसँग हामीले सम्झौता गरेका छौं, त्यो देशमा श्रम वा सुरक्षामा पठाउने सकिने भन्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘नेपालीहरुलाई भर्ना गर्ने, अन्य देशमा पठाउने र बीचको फाइदा उसले लिने स्थितिलाई अन्त्य गर्नुपर्छ ।’

१९४८ को सम्झौताको अर्थ नरहेको भन्दै उनले नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिएका छन् ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago