गौतम अडानी विश्वकै धनी व्यक्तिहरुको सूचीमा टप १०

काठमाडौं: विश्वभरीको शेयर बजारमा जारी गिरावटले शीर्ष अर्बपतिको धनमा गम्भीर उलटफेर भएको छ । यसबाट अर्बपतिहरुको बरियतामा पनि भारी परिवर्तन आएको छ ।
“यो हलचलमा भारतका अर्बपति गौतम अगाडी एसियाकै धनी व्यक्ति बनेका छन् । यससँगै उनले भारतका अर्बपति मुकेश अम्बानीबाट एसियाकै धनी व्यक्तिको ताज खोसेका छन् ।
“गौतम अडानी विश्वकै धनी व्यक्तिहरुको सूचीमा टप १० मा उक्लिएका छन् ।फोर्ब्सको रियल टाइम बिलियनेयर लिस्टका अनुसार गौतम अडानी एण्ड फेमिली अहिले ९० अर्ब डलर सम्पत्तिका साथ दशौं स्थानमा छन् । पछिल्लो २४ घण्टाम भलै उनको धनमा ६७२ मिलियन डलर गिरावत आएको छ ।”
“तर शीर्षका अन्य अर्बपतिलाई अझै धेरै नोक्सान भएको छ । लामो समयदेखि भारत र एसियाकै सबैभन्दा धनी व्यक्ति रहेका मुकेश अम्बानीको सम्पत्ति पछिल्लो १ दिनमा २.२ बिलियन डलर कम भएको छ । यसबाट उनको कूल सम्पत्ति ८९ बिलियन डलर रह्यो । मुकेश अम्बानी विश्वव्यापी रुपमा ११ औं र भारत तथा एसियामा दोस्रो स्थानमा छन् ।
“पछिल्लो उलटफेरमा सबैभन्दा धेरै नोक्सानी फेसबुकका मार्क जुकरबर्गलाई भएको छ । फेसबुकको शेयरमा आएको २६ प्रतिशत गिरावटका कारण उनको सम्पत्ति एकैचोटी २९।७ बिलियन डलर घटेको छ ।”

“यसरी उनको सम्पत्ति केवल ८४।८ बिलियन डलररह्यो । उनी अहिले अडानी र अम्बानीपछि १२ औं स्थानमा झरेका छन् ।

“संसारकै सबैभन्दा धनी एलन मस्कलाई पनि शेयर बजारको गिरावटले नोक्सानी भएको छ । पछिल्लो १ दिनमा मस्कको नेटवर्थमा ३.३ बिलियन डलरको गिरावट आएको छ ।”

“यद्यपि अझै पनि उनी २३२.३ बिलियन डलर सम्पत्तिसहित शीर्ष स्थानमा कायमै छन् ।अमेजनका जेफ बेजोसलाई पनि भारी नोक्सान भएको छ । यससँगै उनी १ स्थान तल खस्किएर तेस्रो स्थानमा झरेका छन् । बेजोसको सम्पत्ति ११।८ बिलियन डलर घटेर १६४।८ बिलियन डलर भएको छ ।”

“बेजोस खस्किएसँग बर्नार्ड आर्नल्ट दोस्रो स्थानमा उक्लिएका छन् । आर्नल्ट अहिले १९३.६ बिलियन डलर सम्पत्तिसहित विश्वका दोस्रो धनी व्यक्ति बनेका छन् । उनको सम्पत्ति पनि १ दिनमा ४.८ बिलियन डलर घटेको छ ।”

“विश्वका शीर्ष १५ धनीहरुमध्ये चीनका झोंग शानशानको मात्रै सम्पत्ति पछिल्लो २४ घण्टामा बढेको छ । उनको सम्पत्ति २.२ बिलियन डलर बढेर ७७.२ बिलियन डलर पुगेको छ र उनी १५ औं स्थानमा छन् ।”

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago