काठमाडौं: बुटवल पावर कम्पनी लिमिटेड (BPCL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद नाफा बढेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले १८ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.१२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानीसँगै अन्य आम्दानी बढेपछि खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८.४० प्रतिशत बढेको छ भने कुल नाफा १२.८८ प्रतिशत बढेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १८.३६ प्रतिशत बढेको छ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ८० पैसा बढेर ११ रुपैयाँ १८ पैसा पुगेको छ। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ४१.०५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१२ रुपैयाँ ४३ पैसा रहेको छ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ९.९९ प्रतिशत बढेको छ भने अन्य इक्विटी ७.०८ प्रतिशत घटेको छ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…